Saturday, July 27, 2024

महाकाली पक्की पुलमा माईती नेपालको सूचना तथा परामर्श केन्द्र संचालन

प्रकाशित:

दोधारा । माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनीको निमार्णधिन महाकाली ४ लेन नजिक सुचना तथा परामर्श केन्द्र संचालनमा ल्याएको छ् । दोधारा चाँदनी नगरपालिका– १ निमार्णधिन ४ लेनको पक्की पुल नजिक माईती नेपाल कञ्चनपुरले सुचना तथा परामर्श केन्द्र स्थापना गरि संचालनमा ल्याएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको लागी माईती नेपाल कञ्चनपुरले महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र संचालनमा ल्याएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । यस अघि दोधारा चाँदनी नगरपालिका– ४ महाकाली झोलुङ्गे पुलमा माईती नेपाल कञ्चनपुले सुचना तथा परामर्श केन्द्र स्थापना गरि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा अहम भुमिका निर्वाह गर्दै आएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग तथा सहकार्यमा महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र संचालनमा ल्याएको हो । निमार्णधिन महाकाली ४ लेनको पक्की पुलमा आवतजावत अहिले आएर ह्वात्तै बढेको अवस्थामा मानव बेचबिखन रोक्नको लागी सुचना तथा परामर्श केन्द्र संचालनमा ल्याउन आवश्यक रहेको औल्याउदै निमार्ण क्रममा रहेको महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र स्थापना गरि नियमित मानव बेचबिखन रोक्न दैनिक संस्थाको क्रियाकलाप संचालन ल्याएको माईती नेपाल कञ्चनपु्रका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका कार्यालय संग सहकार्य गरि महाकाली ४ लेनको पक्की पुल नजिक सुचना तथा परामर्श केन्द्र संचालनमा ल्याएकोमा खुशी ब्यक्त गर्दै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको क्षेत्रमा उल्लेखनिय कार्य गरेको बताउदै माईती नेपाल कञ्चनपुरलाई धन्यबाद दिएका छन् ।

माईती नेपाल कञ्चनपुरले मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला तथा वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आईरहेको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार