Saturday, July 27, 2024

गर्मी बढेपछि कञ्चनपुरका विद्यालय १८ गतेदेखी बन्द

प्रकाशित:

महेन्द्रनगर । पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढेपछि विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । अहिले कञ्चनपुरमा विहिवार ४१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि जिल्लाका विद्यालय बन्द गरिएका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गर्मीले बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् । भीमदत्त नगरपालिकाले शुक्रवार १८ गतेदेखी बुधवार २३ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयलाई बन्द गर्ने निर्णय गरेको छ । वेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकाले १७ र १८ गते गरी दुई दिन विद्यालयमा पठनपाठन रोक्न भनेका छन् । उक्त बिदा हिउँदे तथा वर्षे बिदाबाट मिलान गरिने पनि सूचनामार्फत जनाइएको छ ।,

बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, दोधराचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले भने विद्यालय सञ्चालनको समय परिवर्तन गर्न भनेका छन् । बेलडाँडीले हिजो १६ गते सूचना जारी गर्दै सोही दिनदेखि २१ गतेसम्म बिहान १०ः४५ बजेसम्म मात्र विद्यालय सञ्चालन गर्न भनेको छ । बेलौरीले आज र भोलि ९१७ र १८ गते० दुई दिन ७ देखि १०ः३० बजेसम्म विद्यालय सञ्चालन गर्न भनेको छ ।

शुक्लाफाँटाले भने १४ गते नै सूचना जारी गर्दै सोही दिनदेखि २० गतेसम्म बिहान ७ देखि १० गतेसम्म विद्यालय सञ्चालन गर्न भनेको छ । पुनर्वासले पनि हिजो १६ गतेबाट २० गतेसम्म ७ देखि १०ः४५ बजेसम्म मात्र विद्यालय सञ्चालन गर्न भनेको छ भने दोधराचाँदनीले आजबाट २३ गतेसम्म ७ देखि १० बजेसम्म विद्यालय सञ्चालन गर्न भनेको छ ।

जिल्लाका ९ मध्ये ७ पालिकाका विद्यालयहरुमा बिदा तथा पठनपाठनको समय परिवर्तन गर्न लगाइएको छ । अभिभावकहरुले पनि यो गर्मीमा सास्ती पाउँनु भन्दा विद्यालय बन्द गर्नु पर्ने धारण व्यक्त गरेका छन् । यस्तै सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पसले पनि सार्वजनिक विदा दिएको छ ।

सुप विश्वविद्यालको केन्द्रीय क्याम्पसका प्रिन्सिपल प्रा।कुम्भ बहादुर चन्दले हस्ताक्षर गरेको सुचनामा १७ जेठदेखि ३ असारसम्मै सार्वजनिक विदा दिएको छ । प्रचण्ड गर्मीका कारण बालबालिका, जेष्ठ नागरिक, असाहय सहितका सर्वसाधारणमा प्रभाव परेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार