Saturday, July 27, 2024

धनगढीमा नगर प्रमुखसहितको आकस्मिक बैठकमा मदिरा सेवन गरेर लफडा

प्रकाशित:

महेन्द्रनगर ।  कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बोलाएको बैठकमा लफडा गरिएको छ। नगर प्रमुख हमालले मङ्गलवार कार्यपालिकाको बैठक सुचारु तथा नगर सभा सञ्चालनको विषयमा आकस्मिक बैठक बोलाएका थिए। नगर प्रमुखले बोलाएको बैठकमा वडाध्यक्षहरूले मदिरा सेवन गरेर लफडा गरेको आरोप छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

 वडाध्यक्षहरू सन्तोष मुडभरी, गजेन्द्र शाही र प्रेम भण्डारी आफूमाथि खनिएको वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजालले बताएका छन्। उनले नगर प्रमुखको कार्यकक्षमा तीन पटक आक्रमण भएको आरोप लगाएका छन्। उनले भने, ‘नगर प्रमुखले कार्यपालिकाको बैठक र सभा सञ्चालनको छलफलका लागि आकस्मिक बैठक बोलाउनुभएको थियो। केही साथीहरू ढिलो पनि आउनुभयो। नगर प्रमुखले धारण राख्न भन्नुभयो। १०/१५ साथीहरूले धारणा राखेपछि सन्तोष मुडभरी, गजेन्द्र शाही र प्रेम भण्डारीको समूह ढिलो गरेर प्रवेश गर्नुभयो। नगर प्रमुखले सन्तोष मुडभरीलाई बैठकमा रक्सी खाएर आउने भन्नुभयो। नुन खाएको कुखुरो जस्तै झोर्किनुभएको थियो। काँग्रेसका साथीहरूले बैठकमा समस्या नगर्ने भनेपछि बैठक सुचारु भयो।’

नेपाली काँग्रेसबाट विजयी अन्य वडाध्यक्षहरूको आग्रहमा मदिरा सेवन गरेका मुडभरीलाई बैठकमा बस्न दिइएको थियो। उनीसँगै बैठकमा प्रवेश गरेका वडा नम्बर ९ का वडाध्यक्ष प्रेम भण्डारीले कार्यपालिकाको बैठक सुचारुका विषयमा धारण राखेका थिए। उनीपछि वडा नम्बर ५ का वडाध्यक्ष शाहीले धारण राख्न सुरु गरेका थिए। उनले नगर प्रमुख हमाललाई कार्यपालिकाको अन्तिम बैठकमा जग्गा सम्बन्धी एजेन्डा छलेर ल्याएको आरोप लगाएका थिए। बैठकमा सहभागी वडाध्यक्ष रिजालले भने, ‘गजेन्द्र शाहीले बोल्न सुरु गर्नुभयो। उहाँले कार्यपालिकाको अन्तिम बैठकमा जग्गा सम्बन्धी एजेन्डा छलेर ल्याउनुभयो मेयर साप, दुःख लागेको छ भन्नुभयो।

नगर प्रमुखले तपाइले बोल्नु भएको छ। सुकुम्वासीको बस्तीमा कति मिटरको बाटो हुने भनेर प्रश्न गर्नु भएको थियो भन्नुभयो। सबैभन्दा बढी विरोध भुवन रिजालले गर्नु भएको हो भनेर नगर प्रमुखले भन्नुभयो। तपाइहरूले बोल्नु भएको होइन। पास गर्नु भएको हो भन्नुभयो। मेरो नाम आएपछि गजेन्द्र शाहीले भुवन रिजाल चोर हो। डाका हो भनेर उर्फनुभयो। मैले आपत्ति जनाएको हो। मेयर सापलाई बैठकबाट निकाल्न भनेको थिए। अनि सन्तोष मुडभरीले मिडियामा कराउने भनेर उर्फन थाल्नुभयो। उहाँहरू ममाथि झम्टिन आउनुभयो। म बाहिर निस्किए। गेटबाहिर आएपछि राजबहादुर ऐरले भित्र लिनुभएको हो। साथीहरूलाई मिलाउछु भन्नुभएको हो।’

धनगढी उपमहानगरपालिकाको आकस्मिक बैठकमा मदिरा सेवन गरेर तीनपटक आक्रमण भएको रिजालले बताए। उनले भने, ‘राजबहादुर ऐरले लगेपछि मेयर सापको कोठामा गए। मेयर सापको कोठामा तीनपटक आक्रमण गर्नुभयो। अरू कार्यपालिकाका सदस्यहरू र नगर प्रहरीले छुट्याएका थिए। सन्तोष मुडभरीलाई गेट बाहिर पठाएको हो। हामीले आपत्ति जनाउदै कारबाहीका लागि १६ वडाअध्यक्षहरूले मेयर सापलाई निवेदन दिएका छौ।’ उनले आफूमाथि मात्र आक्रमण भएको दाबी गरेका छन्। बैठकमा भएको आक्रमणको भिडिओसहित प्रहरी प्रशासनमा जाने तयारीमा रहेको रिजालले बताए।

यता, वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले नगर प्रमुखले बोलाएको अनौपचारिक बैठकमा सामान्य विवाद भएको बताए। जग्गा प्लटिङ्गको विषयमा भुवन रिजालले दोहोरो भूमिका खेलेकाले उनीमाथि वडाअध्यक्षहरु खनिएको तर्क मुडभरीको छ। उनले भने, ‘अनौपचारिक बैठक हो। मेयर सापले बोलाउनुभएको छ। आक्रमण भएको होइन। कुरा मेयर सापसँग थियो। भुवन रिजालले डिभेन्स थाल्नुभयो। हाम्रो बैठकमा पनि रिजाल बस्नुभएको थियो। हस्ताक्षर पनि गर्नुभयो। पछि बसेको होइन भन्नुभयो। अनि विवाद भएको हो।’ कुर्सीबाट उठेको बताए। उनले भने, हातपात भएको होइन। कसैलाई चोट लागेको छैन। सामान्य विवाद भएको हो। मदिरा सेवन पनि गरेको होइन। पुस्टि नहुने विषय उहाँहरू किन बोल्नुहुन्छ? सामान्य विवाद मात्र भएको हो।’

धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० पारित भएको विषयमा विवाद छ। धनगढीमा जग्गा कारोबारीले गत माघ १० गते सर्वोच्च अदालतमा मुद्दासमेत दर्ता गरेका थिए। जग्गा कारोबारी उमेश गिरीले उपमहानगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित चार जनालाई विपक्षी बनाएर रिट दायर गरेका थिए। सर्वोच्चले मुद्दाको पेसी २०८१ सालको भदौ २३ गतेको लागि तोकेको छ। जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० मा सडकको चौडाइ ३० फिट राख्नुपर्ने र प्लटिङ जग्गाको ५ प्रतिशत जमीन अनिवार्य खुला क्षेत्र राख्नुपर्ने प्रावधान राखिएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार