Saturday, July 27, 2024

हाजिरी जवाफ प्रतियोगितामा ईन्टरनेशनल पब्लिक स्कुल प्रथम

प्रकाशित:

महेन्द्रनगर । फ्लोरिडा इन्टरनेशनल बोर्डिङ स्कुलद्वारा सञ्चालित नगर स्तरिय प्रथम अन्तर विद्यालय फ्लोरिडा ब्रेनपावर हाजिरी जवाफ प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मंगलबार गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त नगर स्तरिय प्रथम अन्तर विद्यालय फ्लोरिडा ब्रेनपावर हाजिरी जवाफ प्रतियोगिता २०८१ सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा इन्टरनशनल पब्लिक स्कुलले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै एभरेष्ट इभरग्रिन स्कुल उल्टाखामले दोस्रो र बैजनाथ माद्यमिक विद्यालय महेन्द्रनगरले तेस्रो स्थान हासिल गरेको छ ।

इन्टरनेशनल पब्लिक स्कुलले प्रथम स्थान हासिल गर्दै दश हजार नगद सहित प्रमाण पत्र र मेडल प्राप्त गरेको आयोजक विद्यालयले जनाएको छ । उक्त प्रतियोगितामा १० विद्यालयहरुले सहभागिता जनाएका थिए ।

संस्थागत, सामुदायीक र सरकारी विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगिता पाँच राउण्डमा खेल खेलिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार