Saturday, July 27, 2024

दोधारा चाँदनीमा ८५ जना विपन्न वालवालिकालाई शैक्षिक सामग्री वितरण

प्रकाशित:

दोधारा । दोधारा चाँदनीमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आइतबार दोधारा चाँदनीमा नेपाल आदिवासी जनजाती महासंघले ८५ जना जेहनदार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनीमा छात्रवृत्ती वितरण कार्यक्रम अन्तर्गत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको नेपाल आदिवासी जनजाति महासंघ दोधारा चाँदनीका अध्यक्ष डम्मर गुरुङले बताए । दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको उनले बताए ।

विपन्न बालबालिकालाई पठनपाठनमा सहजता होस्, भनेर छात्रवृत्ती स्वरुप झोला, कापी, शब्दकोश लगायतका शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष गुरुङले बताए ।

शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका र जेहनदार बालबालिकालाई अध्ययन गर्न सजिलो भएको दोधारा चाँदनी नगरपालिका–८ स्थानीय तमान सिंह गुरुङले जानकारी दिए ।

उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बु लगायत जनप्रतिनिधि तथा नेता कार्यक्रताहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार