महेन्द्रनगर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुरले महेन्द्रनगरमा निःशुल्क खानेपानी वितरण गरेको छ । एनएनएसडब्लूएले डिसिए नेपाल र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा सोमबार देखि महेन्द्रनगरका विभिन्न सार्वजनिक स्थानमा निःशुल्क खानेपानी वितरण गरेको हो ।
तराईमा अध्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तराईको गर्मीलाई गर्मीलाई मध्यनजर गर्दै एनएनएसडब्लूए कञ्चनपुरले सोमबार महेन्द्रनगर बसपार्क र मदन चोकमा निःशुल्क चिसो पानी वितरण गरेको हो ।
एनएनएसडब्लूए कञ्चनपुरले समय परिवेश अनुसार जनजीविकालाई लक्षित गर्दै यस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।