होटल ओपेराको स्वीमिङ पुलमा भीमदत्त नगरपालिकाले चलायो डोजर

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको होटेल ओपेराको स्वीमिङ पुलमा भीमदत्त नगरपालिकाले डोजर लगाएको छ । मंगलबार बिहान भीमदत्त नगरपालिकाले होटेल ओपेराको स्वीमिङ पुलमा डोजर चलाउने कार्यको सुरुवात गरेको नगर प्रवत्ता पदम अवस्थीले बताए ।

होटल ओपेरा सहितका तत्कालिन महेन्द्रनगर विकास समितिबाट लिजमा जग्गा लिएका व्यवसायीले २०७४ मा सर्वोच्च अदालतमा रिटा दायर गरेका थिए । सर्वोच्चले तत्काल अन्तरिक आदेश दिए पनि दुई महिना अघि रिट खारेज गरि दिएको थियो ।

महेन्द्रनगरको एकमात्र तीन तारे होटेल ओपेराका सञ्चालक खगेश्वर बोहराले पत्रकार सम्मेलन गर्दै सोमबार बिहान स्वीमिङ पुलको ताला चाबी भीमदत्त नगरपालिकालाई हस्तान्तरण गरेका थियो ।

भीमदत्त नगर विकास समितिले केही दिन अघि तत्कालिन महेन्द्रनगर विकास समितिको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना चार चरणमा भत्काउने निर्णय गरेको थियो ।

त्यस निर्णय अनुसार भीमदत्त नगरपालिकाले पहिलो चरणमा होटेल ओपेरा पछाडि र पूरानो बसपार्क क्षेत्रमा अवैध निर्माण गरिएका संरचना डोजर लगाएर भत्काएका छन् ।

नगरपालिकाले दोस्रो चरणमा अदालती प्रक्रियामा पुगेका संरचनाको चावी बुझाउन वा संरचना आफैंले भत्काउनु पर्ने नगर विकास समितिको निर्णय अनुसार सोमबारसम्म समय सीमा दिएर सूचना सार्वजनिक गरिएको थियो ।

जेठ ५ गते देखि अर्धनिर्मित संरचना भत्काएर सुरुवात गरेको भीमदत्त नगरपालिकाले आज (मंगलबार) देखि पूर्णनिर्मित अर्थात व्यवसाय सञ्चालन भइरहेका संरचनाहरु भत्काउने काम होटल ओपेराको स्वीमिङ पुलबाट सुरु गरेको हो ।

 

ताजा समाचार

सम्बन्धित समाचार