Saturday, July 27, 2024

जहाजको पंखाले लाग्दा मेनेजर घाइते

प्रकाशित:

काठमाडौं । नेपालको एक विमानस्थलमा जहाजको पंखाले लागेर मेनेजर घाइते भएका छन् । बिहिबार मुगुको ताल्चा विमानस्थलमा सीता एयरको जहाजको पंखाले लागेर उक्त विमानस्थलकै मेनेजर घाइते भएका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मुगुबाट नेपालगञ्ज तर्फ उड्नलागेको समयमा म्यानेजरलाई पाइलटले बोलाएका थिए । विमान सुचारु भएको समयमा मेनेजर नजिक पुग्दा पंखा लागेर टाउकोमा चोट लागेको बताइएको छ ।

घाइतेलाई नेपालगन्ज पठाइएको छ । घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार