महेन्द्रनगर । कञ्चनपुरको एक बहुमुखी क्याम्पसका विद्यार्थीलाई टुना टपरी उत्पादन तालिम दिईएको छ । कृष्णपुर नगरपालिका ५गुलरियामा रहेको कञ्चन बहुमुखी क्याम्पसका विद्यार्थीलाई टुनाटपरी उत्पादन तालिम दिईएको हो ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा क्याम्पसले विद्यार्थीलाई वातावरण सरक्षणका लागि दुना टपरी उत्पादन सम्बन्धीत दुई दिने अभिमुखिकरण तालिम दिएको क्याम्पसले जनाएको छ । स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई नियमित पठन पाठनका लागि व्यवहारिक शिक्षाका लागि उक्त तालिम संचालन गरिएको हो ।
जिवनोपयोगी शिक्षाका लागि वातारण समेत प्रभाव नपर्ने गरेर प्लाष्टिक विस्थापनका लागि उक्त क्याम्पसका विद्यार्थीलाई उक्त तालिम दिएको जनाईएको छ । निर्वतमान सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका सरक्षणकर्मी महेश दत्त जोशीले वातावरण सरक्षण र विद्यार्थीलाई व्यवसायमा उन्मुख गराउने उदेश्यले तालिम दिएको बताए ।
प्रशिक्षक समेत रहेका जोशीले विद्यार्थीलाई नियमित कोरा शिक्षा मात्रै होईन जिवनोपयोगी शिक्षा समेत आवश्यक रहेको बताए । जोशीसंगै वातावरण संरक्षण अधिकृत उपदेश भट्ट, फुल कुमार चौधरी प्रशिक्षक रहेका छन । पहिलो पटक यसरी दुनापटरी तालिम पाएपछि विद्यार्थी समेत हर्षित भएका छन बुधबारदेखि शुरु भएको तालिम बिहीबार समापन हुने छ।