कंचनपुरमा राष्ट्रिय भलिबल दिवस मनाइयो

प्रकाशित:

महेन्द्रनगर । कंचनपुरमा राष्ट्रिय भलिबल दिवस मनाइएको छ । जिल्ला भलिबल संघ कंचनपुरले मंगलवार संघका पदाधिकारी र खेलाडीहरुका बिच केक काटेर राष्ट्रिय भलिबल दिवसलाई मनाएको हो ।

नेपाल सरकारले भलिबल खेललाई २०७४ जेठ ८ गतेका दिन राष्ट्रिय खेलको रुपमा मान्यता दिएको हो । सोही अवसरमा कंचनपुर जिल्ला भलिबल संघले भलिबल प्रशिक्षण केन्द्रमा  दिवस मनाएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता भलिबल संघ कंचनपुरका अध्यक्ष श्याम सिंह मौनीले गरेका थिए ।  कार्यक्रमको प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी रहनुभएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार