कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

प्रकाशित:

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष्य कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रतिनिधि सभा बैठकका क्रममा बोल्दै नेपाली कांग्रेसका सांसल बद्रि प्रसाद पाण्डेले त्यप्रिति आपत्ति जनाएका हुन् ।
‘भर्खरै सुनिएको समाचार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु ।’ सांसद पाण्डेले भने, ‘कानुनी कारबाही कारवाहीको दायरामा हरेका नागरिकलाई ल्याउनुपर्छ । तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन कसैलाई पनि सहदैन ।’

मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो ।
कांग्रेसले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी हुनुमा पूर्वाग्रह राखिएको हुनसक्ने आरोप लगाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार