गड्डाचौकीमा सीमा सुरक्षा निकायका अधिकारी लगायतको मिलेमतोमा मौलाउँदै तस्करी (भिडियो)

प्रकाशित:

महेन्द्रनगर । सरकारले सीमा नाकामा सुरक्षा र अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीलाई राखेको छ । तर कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नै तस्करहरु संगको चंगुलमा फसेको पाइएको छ ।

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीमा सशस्त्र प्रहरी नै राजश्व छलिमा तस्करहरुको सारथी बनेको पाइएको छ । सशस्त्रले तस्करहरु संगको साठगाठमा ठुलो परिणाममा राजश्व छलिका समान राति चोरी पैठारीमा सहयोग गर्दै आएको पाइएको निगरानी खबरलाई भिडियो समेत प्राप्त भएको छ ।

सशस्त्र प्रहरी तस्कर समुहसंग मिलेर भारत र नेपालमा तस्करी गराउँन तत्लिन रहेको स्रोतले बताएको छ ।
सीमा सुरक्षाकालागि जिल्लाको पश्चिमी सिमानाका गड्डाचौकी विओपिमा कार्यरत सशस्त्र प्रहरीहरुको मिलेमतोमा तस्करी मौलाउदै गएको तथ्य प्रमाणहरु भेटिएका छन् ।

बिओपी गड्डाचौकी लगायत मातहतका पोष्टहरुले दैनिक जसो भारतबाट भन्सार छली गरेको भन्दै क्यारीङ गरि बिहान बेलुकी हातमुख जोर्ने सर्वसाधारणहरुलाई चेकजाँचको नाममा दुःख दिदै आएको स्रोतको भनाई छ ।

स्रोतका अनुसार गरिब एवं दैनिक ज्यालादारी (क्यारिङ) गरि घरखर्च चलाउँने मानिसहरुबाट सशस्त्र प्रहरीले लखेटेर समान बरामद गर्ने गरेको छ । भने ठुलाबडाहरुले चोरी तस्करी गर्दा सहयोगी बन्दै आएको छ ।

ड्युउटीमा खटिएका सशस्त्र प्रहरीले रातीको समयमा ठुल्ठुला व्यापारी एवं तस्करहरुसंग मिलेर हप्ता र महिनावारी रुपमा मोटो रकम असुली गर्दै आईरहेको स्रोतको दाबि छ ।

गड्डाचौकी देखि महेन्द्रनगर बजार ६ किलोमिटरको दुरीमा छ । उक्त ६ किलोमिटरको दुरीमा सात ठाँउमा नेपाल प्रहरीका अस्थाई पोष्ट छन् । झनै त्यसमाथि ठाँउठाँउमा सशस्त्र प्रहरीले कडा निगरानीका साथ चेकजाँच गरेको जस्तो देखिन्छ ।

तर भन्सार छलेर सोहिबाटो भएर गडडा्चौकी बाट महेन्द्रनगर ठुलै गाडी हुइकिन्छन् । त्यतिबेला सबै सहि ठहरिन्छ तर प्रहरी र सशस्त्र मध्ये कसैको ट्रम्प मिलेन भने गाडीलाई महेन्द्रनगर बजारबाट पक्राउ गरिन्छ ।

उक्त प्रसंगमा एउटा प्रश्न पैदा हुन्छ, ‘उक्त गाडी गड्डाचौकी बेरियलबाट एक्कासी महेन्द्रनगर कसरी देखियो ? के उडेर गयो ?

७ नं. पिलर देखि बेरियल सम्म सशस्त्र प्रहरी तथा कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका कर्मचारीको संयुक्त ड्युउटी गर्छन् । उनिहरुले साईकलवालाहरुलाई दुःख दिने अनि पैसा समेत अशुल्ने गरेको पाइन्छ । त्यस्तै विभिन्न ठाउँहरुमा चेकिङ देखाएर साईकल तथा मोटरसाईकलमा समान ओसार्नेहरुबाट अशुली धन्दा समेत भइरहेको छ ।

गड्डाचौकी अन्तरगतका सीमानाकाबाट तस्करहरुले कपडा, जुत्ता, हाडवेयरका समान तस्करी गर्ने गरेको पाइन्छ । सरकारले सीमा सुरक्षा एवं राजश्व संकलनको संवाहकको रुपमा सीमानाकामा राखेका जिम्मेवार सुरक्षा निकायका अधिकारीहरु नै तस्कर समुहसंग मिलेर पैसाका लागि राजश्व चुहावटमा सहयोग पुर्याउनु निकृष्ठ एवं अवाञ्छनीय कार्य हो ।

यद्यपी बिओपी गड्डाचौकीका डिएसपी रामेश्वर श्रेष्ठले भने राजश्व बृद्धिमा सशस्त्र प्रहरीले अह्म भूमिका निर्वाह गरेको बताउछन् । आफुले गड्डाचौकीमा सशस्त्र प्रहरीको नेतृत्व सम्हाले देखि भन्सार राजश्वमा बृद्धि, चोरी तस्करीमा कमी, सीमामा अराजक क्रियाकलापहरुमा न्यूनिकरण भएको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार