Sunday, July 21, 2024

भीनपा १८ द्वारा स्वास्थ्य स्वयमसेविका महिलाहरुलाई साइकल वितरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ ले सेवा प्रवाहलाई थप गतिशील बनाउन क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । सोमवार वडा १८ का १४ जना स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण गरिएको हो ।

महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले जानकारी दिनु भयो ।

‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।’ हाम्रो समुदाय समाजलाई स्वस्थ्य राख्न स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन थप योगदान दिन आग्रह गर्नुभयो ।

राज्यबाट पनि धेरै सेवा सुविधा नभएको अवस्थामा स्वफुर्त रुपमा समुदायमा दिनरात अहोरात्र खटिने र विपदमा समुदायको स्वास्थ्य माथी उकास्न विषेस गरेर बाल मृत्यु दर पनि कम गर्न महत्वपुर्ण भुमिका रहेको अवस्थामा उहाँहरुको कार्यलाई प्रोत्साहन होस भनेर नै १४ जनालाई साईकल वितरण गरिएको बताउनु भयो ।

भीमदत्त नगरपालिकाको सालघारीका महिला स्वास्थ्य स्वयंसेविका कमला केसीले साइकल वितरण आवश्यक रहेको र यसले सेवा प्रवाहमा आफूलाई सजिलो हुने र घर–घरमा पुग्ने बताउनुभयो । साथै, आफनो जिम्मेवारी अझै राम्रो तवरले निर्वाह गर्ने हौसला मिलेको बताउनु भयो ।

महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रमा स्थायी–अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवर्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा गर्भजाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहनलगायत काम गर्दै आउनु भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार