राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

प्रकाशित:

काठमाडौँ । जसपा नेपालबाट विभाजित दल जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

दलको बैठकले दुईवटा प्रस्ताव पारित गरेको छ । एउटा पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र अर्को पक्षले ह्विप जारी गर्ने ।

उनले भने अदालतमा मुद्दा विचाराधीन रहेपनि दलको निर्णयलाई असर गर्दै ।
सङ्घीय परिषद्का अध्यक्ष समेत रहेका अशोक राई समूहका सात सांसदले जसपा नेपाल विभाजन जसपा नामको दल निर्वाचन अयोगमा दर्ता गराएको थियो ।

आयोगले उक्त दललाई मान्यता दिएपछि अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको वैधानिकतामाथि प्रश्न उठाउँदै यादवले आइतबार सर्वोच्चमा अर्को मुद्दा दायर गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार