महेन्द्रनगर । भीमदत्त नगरपालिका ७ स्थित बाल जागृति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । स्वाबलम्बन लघुबित्त वित्तिय संस्थाको सहयोथमा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । विद्यार्थीहरुका लागि विद्यालयलाई खेल सामाग्री पनि वितरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री प्रदेश सभा सदस्य प्रकाश रावलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रममा पूर्व मन्त्री रावलले विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि सहयोग गर्ने बताए । लघुबित्तले कार्यक्रममा वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्यो । कार्यक्रममा लघबुबित्तका राजेन्द्र श्रेष्ठले लघु बित्तिय सम्बन्धि जानकारी दिए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, सामाजिक विकास समितिका संयोजक सुशिल कुमार भट्ट, भीनपा ७ का वडा अध्यक्ष गणेश बहादुर चन्द, भीनपाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख कलापति मिश्र भट्ट, लघुबित्तका विभागीय प्रमुख मोहन प्रसाद भट्टराई लगायतका सहभागी भए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर महराको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक महेश प्रसाद भट्टले गरेका थिए । प्रधानाध्यापक भट्टले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि स्थानीय, संघ र प्रदेश सरकारको सहयोगको आश गरिएको बताए ।
कार्यक्रममा लघुबित्तले एसइ्ईमा परीक्षामा उत्कृष्ठ आफना सदस्य बेलुदेबी महराका छोरा राकेश महरालाई नगद १० हजार पुरस्कार प्रदान गरे । शुक्लाफाँटाको झलारीमा कार्यालय भएको सञ्चालन गरी लघुबित्तले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।