Saturday, July 27, 2024

अखिल क्रान्तिकारी का संयोजन मिलन राई पक्राउ गरेको विरोधमा गृहमन्त्रीको पुत्ला दहन

प्रकाशित:

महेन्द्रनगर । अखिल क्रान्तिकारी कञ्चनपुरले कम्युनिष्ट पार्टी नेपालनिकट अखिल क्रान्तिकारी का संयोजक मिलन राईलाई पक्राउ गरेको विरोधमा गृहमन्त्रीको पुत्ला दहन गरेका छन् । अखिल क्रान्तिकारी कञ्चनपुरले राईलाई पुर्वाग्रहका आधारमा गैर न्यायिक गिरफतारी विरुद्ध पुर्व घोषीत चरणवद्ध संघर्षका कार्यक्रम अन्तरगत बिहिबार पुत्ला दहन गरेको हो ।राईलाई सोमबार राति काठमाडौंको रानीवनबाट पक्राउ गरिएको ।थियो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

राईलाई सोमबार राति पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको थियो । मंगलबार बिहान राईलाई बालाजु वृत्तबाट जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार राईलाई मंगलबार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गर्न लगिएको छ । उनीमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न लागिएको हो ।

प्रहरीका अनुसार राईले विभिन्न शैक्षिक संस्था तथा निजी क्षेत्रसँग चन्दा माग गरेको र चन्दा नदिएमा भौतिक कारवाहीको चेतावानी दिएको प्रहरीले जनाएको छ ।अखिल क्रान्तिकारीले विद्यार्थी एकता दिवसको अवसरमा मंगलबारमात्रै काठमाडौँमा कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रमको पूर्वसन्ध्यामा संयोजक राईलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।

बालाजुमा रहेको एक विद्यालयमा चन्दा माग गरी चन्दा नदिँदा धाकधम्की दिएको कसुरमा वैद्यनिकट विद्यार्थी संगठनका दुई कार्यकर्तालाई पक्राउ गरी यसअघि मुद्दासमेत चलाइएको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार