Saturday, July 27, 2024

निर्माण व्यवसायी संघ कंचनपुरका अध्यक्ष भट्टले भुक्तानीका लागि गरे अनुरोध

प्रकाशित:

महेन्द्रनगर  । निर्माण व्यवसायी संघका कंचनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्ट्ले निर्माण व्यवसायीहरुले निर्माण कार्य गरिसकेको कामको भुक्तानी दिन नेपाल सरकारलाई अनुरोध गरेका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनले आज नेकपा एमाले कंचनपुरले आयोजना गरेको ३१औ मदन आश्रति स्मृति दिवसको अवसरमा आयोजना गरिएको जनताको बहुदलिय जनवाद्का विविध विषयक बिचार गोष्ठीमा कार्यक्रमको सफलताको शुभकामना दिदै निर्माण व्यवसायिका समस्या समाधानका लागि नेकपा एमाले सरकारमा भएको र सरकारमा सबै भन्दा ठूलो दल भएकाले पनि नेताहरुलाइ पहल कदमी गरि दिनहुन अनुरोध गरेका थिए ।

साथै बिकास निर्माण कार्यमा सबै पार्टीहरुको एकमत हुनु पर्ने धारणा ब्यक्त गरेका थिए ।

अध्यक्ष भट्टले भने, ”सरकारबाट भुक्तानी समयमै नहुदा कतिपय निर्माण व्यवसायीहरुले आत्महत्या गरेका छन भने कतिपयको घरबार बिहिन जेलजिवन बिताइरहेका छन ।”

ताजा समाचार

सम्बन्धित समाचार