Saturday, July 27, 2024

शिक्षक-विद्यार्थी लेकतिर, विद्यालय जेठभर बन्द

प्रकाशित:

बझाङ । यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर लागेपछि साइपाल गाउँपालिकाका विद्यालय बन्द भएका छन्। गाउँपालिकाभरका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेकउक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नभएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

यार्सा संकलनको मौसम शुुरु भएकाले वैशाख २४ गतेदेखि असार १ गते सम्म पालिकाभरिका विद्यालय बन्द गरिएको साइपाल गाउँपालिकाका शिक्षा संयोजक खडकबहादुर बुढाले बताए । अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले कम्तीमा तीन साताका लागि विद्यालय बन्द गरेको उनले बताए । गाउँपालिका शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको अन्तरक्रियाबाट बर्खे र हिउँदे बिदामा मिलान हुने गरी यार्सा संकलनको समयमा बिदा गरिने समझदारी भएको बुढाको भनाइ छ।

जडीबुटी संकलन गरिने यो सिजनमा यहाँ हरेक वर्ष अधिकांश विद्यालय बन्द हुने गरेका छन्। गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी संकलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन्। अन्न उत्पादन कम हुने स्थानीयले जेठ(असारमा संकलन गरिने जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन्। त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेको धलौन माध्यामिक विद्यालय धलौनका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्त बोहराले बताए।

यार्सा संकलनको मौसम शुुरु भएसँगै जिल्लाका साइपाल, सुर्मा, मष्टा, छविसपाथिभेरा गाउँपालिका र बुंगल नगरपालिका लगायतका बासिन्दा लेक उक्लिने चटारोमा रहेको स्थानीय घुरन बोहराले बताए । साइपाल गाउँपालिकाले बैशाख २४ गतेबाट यार्सा संकलन गर्नुपर्ने सूचना जारी गरे पनि स्थानीय वैशाख दोस्रो सातादेखि नै लेकतिर गइसकेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार