महेन्द्रनगर । ६० औं विद्यार्थी एकता दिवसको अवसरमा अखिल क्रान्तिकारी कञ्चनपुरले विद्यार्थीहरु संग भेटघाट तथा शुभकामना आदान प्रदान गरेको छ ।
मंगलबार अखिल क्रान्तिकारी कञ्चनपुरले ६० औं विद्यार्थी दिवसको अवसरमा अमर शहीद आधारभूत विद्यालयका विद्यार्थीहरु संग भेटघाट गरेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको युवा नेता दिपेन्द्र ऐरीले बताए ।
मोहन वैद्य ‘किरण’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ६० औं विद्यार्थी दिवसको अवसरमा महेन्द्रनगर मावि, बैजनाथ मावि, शान्ति निकेतन, बैजनाथ आधारभूत, लक्ष्मी मावि गौरीशंकर आधारभूत र त्रिभुवन माविमा पानी पिउने बाल्टी, गिलास र डस्टबिन र फलफुल समेत वितरण गरिएको नेता ऐरीले बताए ।