संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध हुँदैन ः प्रधानमन्त्री दाहाल

प्रकाशित:

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिनाअवरोध प्रस्तुत हुने दाबी गरेका छन् ।

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद् प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री दाहालले आइतबार बिहान कांग्रेस नेतृत्वसँग गम्भिरतापूर्वक छलफल गरेको र भोलि बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढ्ने वातावरण बन्ने विश्वास व्यक्त गरे ।

उनले कांग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भिरतापूर्वक छलफल गरेको पनि स्पष्ट पारे ।

आइतबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री दाहालले कांग्रेससँग सोमबार (भोलि) बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताए ।

उनले भने, ‘मैले त्यही ढोका खोल्नकै लागि गम्भिरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ । अन्तिम निष्कर्षमा नपुगे पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ ।

प्रधानमन्त्री दाहालसँगको भेटपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि उपप्रधानमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार