महेन्द्रनगर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको मदन चोकमा विद्युत पोलहरु सडकमै गाडिएका छन् । भीमदत्त नगरपालिका वडा नं. ४ मा पर्ने उक्त मदन चोक क्षेत्रमा विद्युत लाई तान्नका लागि प्रयोग गरिने पोलहरु वडाध्यक्ष शुशिल कुमार भट्ट लगायतको दवावमा सडकमै गाड्न बाध्य भएको ठेकेदार भूपेन्द्र सिंहले बताए ।
एसियाली विकास बैंक (एडिबी) ले महेद्रनगरमा आधुनिक सडक निर्माण गर्दैछ । उक्त परियोजना अन्र्तगत महेन्द्रनरमा सडक निर्माण लगायत सहर सुन्दर बनाउँने थुप्रै कार्यहरु चरणबद्ध छन् । यद्यपी मदन चोकका २२ सटर तोड्न नै दुई वर्ष भन्दा बढी समय लाग्यो । गुणस्तरिय एवं फराकिलो सडक बनाउनका लागि २२ सटर तोडिए पनि भीमदत्त–४ का वडाध्यक्ष भट्ट लगायतका केहि नेताहरुकै कारण विकासमा अड्चनको प्रयास भइरहेको छ ।
महेन्द्रनगरमा एडिबीले निर्माण गरेको अन्य सडकमा समेत विद्युत पोलहरु बाटोमै पारिएको छ । त्यस्ता अधिकांश गतिविधी भीमदत्त–४ मा भएको पाइन्छ । पहिले मदन चोक देखि टेलिकम सम्मको सडकखण्डमा सडकको बिचमै पोल पार्ने काम गरियो, भने अहिले महेन्द्रनगर बजारको केन्द्रमा निर्माणाधिन सडकको बिचमा विद्युत पोल गाड्ने काम गरिदै छ ।
वडाध्यक्ष भट्ट लगायतकै नेताहरुको दवावमा उक्त विद्युत पोलहरु सडकमागाड्न बाध्य भएको ठेकेदार भूपेन्द्र सिंहले बताए । ‘मैले किन सडकमा पोल हाल्नु हजुर ।’ ठेकेदार सिंहले भने, ‘वडाध्यक्ष लगायतका अन्य नेताहरुलाई सोध्नु, मैले त उनिहरुले जस्तो भन्यो त्यस्तै पोल गाड्ने काम हो ।’
सडकमा पोल गाड्ने कार्यको सर्वत्र विरोध हुँदै आएको छ । विद्युत पोललाई सडकमा हालेर नगरपालिका आफैले मापदण्ड विपरित कार्य गरिरहेको जनाउँदै सर्वत्र विरोध हुनथालेको हो ।
यस विषयमा कञ्चनपुरका सम्पुर्ण विद्यार्थी संघ संगठन, नागरिक समाज र राजनीतिक दलहरुले बिरोध जनाएका छन् । एडिबीको मापदण्ड विपरित कार्य भइरहेको र उक्त कार्यले सडक दुर्घटना समेत निम्तिन सक्ने जनाउदै विरोधका आवाज उठ्न थालेका हुन् ।
सडक विद्युत पोल गाड्नु भनेको बजारको सौन्र्दयिकरण बिगार्नु र दुर्घटनाका घटनालाई पश्चर्य दिनु भएको कान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका युवा नेता दिपेन्द्र ऐरीले बताए । ‘सडक अतिक्रमण गरेर विद्युत पोलहरु गाड्नु भनेकै दिनँहु दुर्घटना निम्त्याउनु र बजारको सौन्र्दयिकरण बिगार्नुु हो ।’ उनले भने, ‘तसर्थ यो कार्य तत्काल रोक्नुपर्छ ।’
त्यस्तै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सञ्जय अधिकारीले पनि उक्त कार्य तत्काल रोक्नुपर्ने बताएका छन् । ‘एडिबीको मापदण्ड मिचेर सडकमा विद्युत पोल गाड्नु गलत हो ।’ केन्द्रीय सदस्य अधिकारीले भने, ‘यो काम क–कस्को स्वार्थमा हुँदै छ, सडकमा पोल गाड्ने कार्य तुरुन्तै रोक्नुपर्छ ।’