Saturday, July 27, 2024

महाकाली नदीको बहाव बढेपछि टापुमा फसेका मजदुर फर्किए

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा ट्र्याक्टरसहित थनिएका मजदुर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक डिएसपी उमेश जोशीले अहिले पानीको बहाव घटेपछि मजदुरहरु फकिएको बताए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

‘नदीको बहाव बढेपछि नदीजन्य पदार्थ संकलन लागि गएका १४ ट्र्याक्टरसहित करिब २८–३० जना मजदुर थुनिएका थिए । डिएसपी जोशीले भने– अहिले सबै फर्किन लागि सक्नु भयो ।’

बुधबार साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेकाहरु फसेका थिए । त्यहाँ पनि उनीहरु सुरक्षित छन् भन्ने खबर प्राप्त भएको उनले बताए ।

फसेकाहरु राती उतै बसेपनि बिहान पानीको बहाव कम भएसंगै फकिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार