ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूकालागि भत्ताको व्यवस्था गरिनेः प्रधानमन्त्री प्रचण्ड

प्रकाशित:

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको बताए ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताए ।

नेपालको प्रेस जगत् सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कतिपय आन्दोलनमा प्रत्यक्ष सरिक र कतिपय एजेन्डामा प्रेस जगतले ऐक्यबद्धता व्यक्त गर्दै आएको बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं समाजको रूपान्तरण र जनताको अधिकार प्राप्तिका निम्ति नेपाली प्रेस जगतले महत्त्वपूर्ण योगदान गरेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार