सुपविको उपकुलपतिमा प्रा.डा. पन्त

प्रकाशित:

महेन्द्रनगर । सरकारले सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा हेमराज पन्तलाई नियुक्त गरेको छ । सरकारले प्राडा पन्तलाई सुपविको उपकुलतिमा नियुक्त गरेको हो ।

सुपविश्वविद्यालयका सुचना अधिकारी सन्तोष विष्टले उपकुलपतिमा प्राडा पन्तलाई नियुक्त गरेको बताए । सुदूरपश्चिमकै स्थानीय पन्तसंगै भवानी दत्त जोशी, अक्कलदेव मिश्रलाई सिफारिस गरिएको थियो ।

चार बर्षका लागि उपकुलपतिमा नियुक्त भएका प्राडा पन्तले सरकारले दिएको जिम्मेबारी अनुरुप अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन।  बिहिवार सुपविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले उपकुलपति प्राडा हेमराज पन्तलाई बधाई दिदै उच्च शिक्षा सुधारका लागि खटिन आब्हान गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार