Saturday, July 27, 2024

कञ्चनपुरमा शिक्षकलाई छैन हाजिरीको टुङ्गो ! पीडित भन्छन्, ‘न्याय माग्न अदालत नै जानुपर्ने हो ?’

प्रकाशित:

-ऐश्वर्या कुवँर ।
महेन्द्रनगर । कञ्चनपुरका दुई जना शिक्षकले स्थाई नियुक्ति पत्र बुझेको २० दिन बितिसक्दा समेत हाजिरी टुङ्गो लाग्न सकेको छैन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शिक्षा व्यवस्थापन समन्वय शाखा सानोठिमी भक्तपुरको चलानी पत्र नं. १३८ मिति २०८० चैत्र १६ को सिफारिस अनुसार २०८० चैत्र २५ मा पदस्थापनको लागि स्थायी शिक्षक नियुक्ति पत्र बुझेका खेमराज भट्ट र नन्दा कुमारी चन्द प्राथमिक तहमा नियुक्ति पत्र बुझेको २० दिन बितिसक्दा समेत हाजिरीको टुङ्गो नलाग्दा हैरानीमा परेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कञ्चनपुरले शिक्षक चन्द, भट्ट, र थप एक जना गरी ३ जनालाई बैसाख २५ गते नियमानुसार पदस्थापनको लागि बेलँडाडी गाउँपालिका पठाईएको थियो ।

No description available.

यद्यपी बेलडाँडी गाउँपालिकाले एक मात्रै दरबन्दी रिक्त रहेको जनाएको छ । उक्त रिक्त दरबन्दीमा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कञ्चनपुरले पठाएका अर्का शिक्षकलाई राखिसकेको बेल्डाडी गाउँपालिका कार्यालयले जनाएको छ ।

गत चैत्र २५ मा पदस्थापनका लागि स्थायी शिक्षक नियुक्ति पत्र बुझेका भट्ट र चन्द प्राथमिक तहका शिक्षक हुन् । उनिहरु वैशाख २६ मा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कञ्चनपुरले पठाएको ठाउँ बेलडाँडी गाउँपालिका हाजिरीका लागि जादा पालिकाले दरबन्दी रिक्त नरहेको भन्दै फिर्ता पठाएको हो ।

बेलडाँडी गाउँपालिका बसेको कार्यपालिका बैठकको निर्णय अनुसार गाउँपालिकामा १ जनाको मात्र दरबन्दी रिक्त रहेको र अर्को कुरा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले पालिकासंग कुनै समन्वय नगरी आफु खुसी दुई जना शिक्षक पठाएको हुँदा दुवै जनालार्ई पदस्थापना गर्न नसकिने जनाउँदै फिर्ता पठाएको थियो ।

No description available.

पालिका र शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कञ्चनपुरकोे आपसी द्वन्द्वका कारण आफुहरुले अनावश्यक दुःख पाईरहेको पीडित शिक्षकद्वय चन्द र भट्टले बताए ।

‘दुःख गरी शिक्षक सेवा आयोगले लिएको परीक्षा पास गरियो । संगै नियुक्ति बुझेका साथीहरु सबै पदस्थापन भईसके । अब त लगभग एक महिना पनी पुग्न थाल्यो, आफ्नो मेहनतले खाएको जागिरमा पनी राजनीतिक प्रतिसोध राखेर अड्चन निम्त्याउछन् ।’ पीडित शिक्षकद्वयले भने, ‘अब हामी न्याय माग्न अदालत नै जानु पर्ने हो ?’

यस्तो गर्मीमा यता, उता दौडाएर आफुहरुलाई निकै सास्ती खेप्नुपरेको उनिहरु बताउछन् । तर शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख दिपक कलौनी भने आफ्नो काम स्थानीय निकायमा पठाउने मात्रै आफ्नो काम भएको बताउछन् ।

No description available.

उनले भने, ‘हाम्रो कार्यालयको काम भनेको स्थानीय तहमा पठाउने हो । स्थानीय तहले विद्यालय छनौट गरेर व्यवस्थापन गर्नु पर्ने हो ।’ उनले भने, ‘ बेलडाँडीले दुई जना शिक्षकहरुको हाजिर नै नलगाई, दरबन्दी र बजेट सुनिश्चित नभएको भन्दै फिर्ता पठाउँदै आइरहेको छ ।’

उक्त शिक्षकहरुको पदस्थापनका सन्दर्भमा निगरानी खबरले राखेको प्रश्नमा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कञ्चनपुरका प्रमुख कलौनीले तीन दिनसम्ममा हाजिरीको टुङ्गो लाग्ने जवाफ दिएका छन् । उनले भने, ‘ तीन दिन भित्र हाजिरीको टुङ्गो लगाउँने गरी समन्वय गर्दैछौं ।’

 

ताजा समाचार

सम्बन्धित समाचार