कृष्णपुरमा काठ चोरी तस्करी अझै रोकिएन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा काठ चोरी तस्करी अझै रोकिएको छैन । सामुदायिक, चुरे र लालझाडी मोहना संरक्षित वन भएको कृष्णपुरमा काठ तस्करले नयाँ नयाँ जुक्ति लगाएर काठ चोरी तस्करी एवम् ओसापसार भइरहेको छ ।

उक्त वनमा काठ तस्करीमा सामुदायिक वनकै पदाधिकारी संलग्न भएका थुप्रै उदाहरणहरु समेत रहेका छन । काठ तस्करीमा सामुदायिक वनकै अध्यक्ष, सचिव सहितका पदाधिकारी पक्राउ परेर मुद्दा खेपिरहेका छन । तर पनि कृष्णपुरका वनमा काठ चोरी तस्करी भने रोकिएको छैन । फेरी वनको टोलीले बण्ड नदीको वालुवामुनी काठ लुकाएको अवस्थामा बरामद गरेको छ । कृष्णपुर नगरपालिका १ बण्ड स्थित बण्ड नदी किनार बालुवामा लुकाई राखेको अवस्थामा चार सालका गोलिया बरामद गरेको हो ।

वनको टोलीले जिसिभि लगेर लुकाएको काठ निकालेको थियो । सव डिभिजन वन कार्यालय वाणीका प्रमुख हरि नारायण यादवले नदीको वालुवामुनी लुकाईरहेको अवस्थामा चार सालका गोलिया बरामद गरिएको बताए । उनका अनुसार ३५ क्युफिट अवैध काठ बरामद गरिएको छ । गत चैत्रमा जगजम्बा मयुर सामुदायिक वनका सचिव गोबिन्द पन्तको खेतबाट ६० क्युफिट काठ बरामद गरेको घटना सेलाउन नपाउँदै सचिव पन्तकै खेत नजिक नदीमा लुकाईराखेको अवस्थामा उक्त काठ बरामद गरेको छ ।

काठ कसले कहाँबाट ल्याएको बारे अनुसन्धान भईरहेको सव डिभिजन वन कार्यालयले जानकारी दिएको छ । त्यसैगरी उक्त काठ समेत जगदम्बा मयुर सामुदायिक वनबाटै चोरी तस्करी गरेर ल्याएको अथ्र्याएका छन । कृष्णपुरमा यसरी सरोकारवाला निकाय नै काठ तस्करी देखि अवैध काठ बरामद हुन थालेपछि वन संरक्षणमा चिन्ता व्यक्त गरिएको छ ।

स्थानीयहरुले कृष्णपुरका यस अघि वैज्ञानिक सामुदायिक वनहरुबाट ठुलो परिमाणमा अवैध काठ कटानी भएर अवैध रुपमा बिक्रि वितरणका साथै अधिकाँस सामुदायिक वनमा गैर कानुनी चोरी तस्करी, वन फडानी गरेर रातीराती ट्रकमा कैलाली तिरको काठ तस्करी हुने गरेको भन्दै त्यसमा डिभिजन वन कार्यालयले वास्ता नराखेको भन्दै गुनासो समेत गरेका छन ।

तर, उकत विषयमा वनका सरोकारवालाहरुले चासो नदिएपछि कृष्णपुरमा वन चोरी तस्करी निरन्तर भरहेको जनाएका छन । काठ तस्कर र सामुदायिक वनको बेतिथि बिरुद्धमा वन कार्यालय समेत मौन बसेपछि कहिकतै वनका कर्मचारीको मिलोमतो त छैन भनेर स्थानीयले आशंका गरिरहेका छन ।

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार