मेरो रोल मोडल वीपी कोइराला ः स्वर्णिम वाग्ले

प्रकाशित:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाली राजनीतिमा आफ्नो रोल मोडल व्यक्ति वीपी कोइराला नै भएको बताएका छन् ।

इलाम–२ मा हुने उपनिर्वाचनको चुनावी सभामा वाग्लेले कांग्रेसका संस्थापक नेता वीपी आफ्नो रोल मोडल व्यक्ति भएको बताएका हुन् ।

‘म पनि वीपी कोइरालाको अनुयायी हुँ । आजका दिनमा पनि नेपाली राजनीतिमा मेरो रोल मोडेल वीपी कोइराला नै हुनुहुन्छ’, उनले भने ।

कांग्रेसका स्थापनाकालीन नेताहरुको उद्देश्य अनुसार क्रियाशील नभएकोसमेत वाग्लेले आरोप लगाएका छन् ।

‘नेपाली कांग्रेसका साथीहरु यहाँ हुनुहुन्छ । थोर बहुत परिचय हाम्रो पुरानै हो’, कांग्रेसलाई वाग्लेले प्रश्न गरे, ‘के वीपी कोइराला, सुवर्णशमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस छ यहाँ ?

इलाम–२ मा कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका भेषराज आचार्यले नै टिकट पाउन योग्य रहेको वाग्लेले बताए ।

तर, आचार्य पक्षले लिएको विचार पार्टीमा बिलाउने अवस्थामा रहेको उनको आरोप थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षलाई संकेत गर्दै उनले भने, ‘अर्को प्रवृत्ति छ ।

८० प्रतिशत जति कब्जा त्यो गुटले गरेको छ ।

विकृत, भ्रष्ट, निकम्मा समूहका रुपमा पनि यहाँ उम्मेदवार बनाइएको छ ।’

योग्य व्यक्तिले टिकट नपाउने पार्टीसँग आशा गर्न नहुने उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार