Saturday, July 27, 2024

नेपाल र कतारबीच १ सम्झौता, ७ समझदारी

प्रकाशित:

काठमाडौँ । नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सम्झौता र ७ समझदारी भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो ।

नेपाल र कतारबीच १ सम्झौता, ७ समझदारी
नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि दुईदेशका मन्त्रीहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार ६ वटामध्ये एउटा क्षेत्रमा मात्रै सम्झौता भएको छ ।

राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा सम्झौता भएको हो । बाँकी ५ वटा समझदारीमा कला संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबीच सहकार्यसम्बन्धी छन् ।

दुईटा समझदारी नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएका हुन् ।

यस्तो छ समझदारी :

ताजा समाचार

सम्बन्धित समाचार