महेन्द्रनगर । कैलालीको अत्तरियामा रहेको प्रेरणा सपिङ सेन्टरमा भएको आगलागीबाट करिब ४८ लाख बराबरको क्षति भएको बताईएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार आगलागीबाट ४७ लाख ४५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीको कारण अझै खुल्न नसकेपनि विद्युतको तार सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका रहेको प्रहरीले जनाएको छ ।

मंगलबार राती लागेको आगोले गोदावरी कम्प्लेक्सको अगाडि पट्टि रहेको प्रेरणा सपिङ सेन्टर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।
उक्त पसल वरपर रहेका अन्य पसलहरुमा पनि केही क्षती पुगेको छ ।


