Sunday, July 21, 2024

बैतडीमा एमाले, माओवादी,  कांग्रेसले बिजुलीको बिल नतिरेपछि…

प्रकाशित:

 बैतडीमा बिजुलीको बिल नर्तिने पार्टी कार्यालयको  लाइन काटिएको  छ ।

विद्युत् महसुल नतिरेपछि तीन वटा मुख्य राजनीतिक पार्टीको कार्यालयमा जडान गरिएको बत्तीको लाइन काटिएको हो ।

नेपाल विद्युत प्राधिकरण विद्युत् वितरण केन्द्र बैतडीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालयको लाइन काटेको हो ।

नियम अनुसार तीन महिनाभित्र विद्युत् महसुल बुझाउनुपर्ने भए पनि राजनीतिक पार्टीले छ वर्षसम्म बिजुली बालेर महसुल नतिरे पछि  बाध्य भएर लाइन काटिएको विद्युत् वितरण केन्द्र बैतडीका  प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।

उनका अनुसार कांग्रेसले ४१ हजार, एमालेले १८ हजार र माओवादी केन्दले ४७ हजार विद्युत् महसुल तिर्नु बाँकी छ ।

विद्युत् वितरण केन्द्रले नियम पद्धति अनुसार विद्युत् महसुल नतिर्ने राजनीतिक दलसहित १२२ वटा सरकारी कार्यालयको लाइन काट्ने सूची तयार परेको छ ।

महसुल नतिर्ने ती सरकारी कार्यालयबाट १७ लाख ५१ हजार ९१९ रुपियाँ र अन्य ग्राहकबाट ६५ लाख ९९ हजार ३२२ रुपियाँ गरी एक करोड रुपियाँ महसुल उठाउन बाँकी रहेको  नेपाल विद्युत प्राधिकरण  विद्युत् वितरण केन्द्र बैतडीले जनाएको  छ  ।

 

ताजा समाचार

सम्बन्धित समाचार