ब्रिटिश काउन्सिल अन्तराष्ट्रिय संस्थाद्वारा वादी समुदायका महिलालाई नेतृत्व विकास तालिम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बंकको वादी समुदायका महिलाहरूको नेतृत्व विकास तालिम सुरु भएको छ् ।

आज बुधबार नेपाल युवासंस्था सञ्जाल समन्वयमा ब्रिटिश काउन्सिल अन्तराष्ट्रिय संस्थाद्वारा वादी समुदायका महिलाहरुका लागि नेतृत्व विकास तालिम सुरु गरेको हो ।

कञ्चनपुर भरीमा सबैभन्दा बढी वादी समुदायमा बसोबास गर्ने ४० वटा घरधुरी भएको कृष्णपुर नगरपालिका- २ बंक प्रगति टोलका महिलाहरूलाई भेला गराएर उनीहरूका समस्याहरूलाई उठान गरेर कसरी समस्यालाई समाधान गर्ने भन्ने बारेमा सुझाव सल्लाह गरेको ब्रिटिश काउन्सिल अन्तराष्ट्रिय संस्थाको सहजकर्ता श्रेयसी बिष्टले बताएकी छन् ।

उनका अनुसार उक्त वादी समुदायका व्यक्तिहरूलाई शिक्षा,रोजगार,आर्थिक र बाढी पहिरो प्रमुख समस्या रहेको र जलवायु परिवर्तनको बारेमा केही ज्ञान नभएको बताइन् ।

उनले भनिन्,”उक्त समुदायका व्यक्तिलाई जलवायु परिवर्तन बारे थप नेतृत्व विकास तालिम दिने र टाकाकुरा (जापनिज तरिकाले कम्पोष्ट मल बनाउने) प्रशिक्षण तालिम दिने बताइन् । उक्त वादी समुदायका व्यक्तिहरू पनि आफू विभिन्न कुरा बाट अज्ञानी भएकाले आफ्नो नेतृत्व विकास तालिम लिन पाउँदा हर्षित भएका छन् ।’

ताजा समाचार

सम्बन्धित समाचार