आजबाट कञ्चनपुरका दुई नाका तीन दिनका लागि बन्द

प्रकाशित:

महेन्द्रनगर । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको कञ्चनपुरका दुई नाका तीन दिनका लागि बन्द हुने भएका छन् । उत्तराखण्ड चम्पावत जिल्लासँग जोडिएको कञ्चनपुरको ब्रह्मदेव र गड्डाचौकी नाका तीन दिनका लागि बन्द हुने भएका हुन् ।

भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले तीन दिनका लागि नाका बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले हस्ताक्षर गरेको सूचनामा १ वैशाख ७ अर्थात् १९ अप्रिलमा हुने निर्वाचनका लागि वैशाख ४ गते अर्थात् आज बेलुका ५:१५ बजे देखि वैशाख ७ गतेसम्म मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमानाकाहरू पूर्ण बन्द हुने जनाइएको छ ।

यसबीचमा स्वास्थ्य सेवा बाहेक अन्य पूर्ण रूपमा बन्द रहनेछन् । जिल्लाकोे उत्तरी–पश्चिम नाका बन्द भएता पनि दक्षिण–पूर्वी नाका दोधारा चाँदनी देखि पुनर्वास सम्मको क्षेत्रमा भने नाका बन्द नरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार