Saturday, July 27, 2024

बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या, काका पक्राउ

प्रकाशित:

महेन्द्रनगर । बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या गरेको पुष्टी भएको छ । बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालीका(४ का काका नाता पर्ने एक जना पक्राउ गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पुचौंडी नगरपालीका वडा न ४ स्थित आफ्नै घरबाट अन्दाजी एक वर्ष अगाडी भागि विवाह गरेकी बर्ष १७ की किशोरी हराएकोमा खोज तलास गर्ने क्रममा मिति २०८०(१२(२८ गते मृतकको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको कमाण्डमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगी घटनास्थल तथा शवको जाँच गर्दा टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको जनाएको छ ।

डडेल्धुरा अस्पतालमा शव पोष्टमार्टम गर्दा अन्दाजी १८ हप्ताको बच्चा गर्भमा रहेको साथै टाउकोमा चोटको कारणले मृत्यु भएको डाक्टरले पुष्टी गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्दै जादा मृतक किशोरीको श्रीमान २०८० साल साउन महिनादेखी भारतमा रोजगारीको लागि गएको किशोरीका काका पर्ने वर्ष ३० पुरुषले ललाई फकाई डर धाक धम्की समेत दिई पटक(पटक करणी गरेको सोको कारणले निज गर्भवती भएको प्रहरीको अनुसन्धानले देखिएको छ ।

गर्भपतन गराउन पुचौंडी स्वास्थ्य चौकीमा प्रयास गर्दा असफल भएपछी काकाले स्थानीय जंगलमा बोलाई ढुंगाले हानी मारेको बयान दिएका छन् ।

मृतकको बुवाले हाडनाता करणी र कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दरखास्त दिएका छन्र भने कसुरदारलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका सूचना अधिकारी इन्सपेक्टर खेमविक्रम केसीले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार