Saturday, July 27, 2024

सहकारी ठगी प्रकरणमा कांग्रेसले भन्यो – अब गृहमन्त्रीले राजीनामा दिनुपर्छ

प्रकाशित:

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामाको रणनीति बनाउने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसले अब उनको राजीनामालाई बटमलाइन बनाउने भएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दाबाट अगाडि बढ्ने बताए । ‘अब संसदीय समिति–समिति भन्दा त अगाडि बढ्छ । राजीनामासम्म पुग्छ,’ उनले भने ।

सहकारी ठगीमा रवि लामिछाने निर्दोष भएको जवाफ दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब माफी माग्नुपर्ने लेखकले बताए ।

‘सहकारीबाट रित नपु¥याएर कर्जा लिएको भनिएको छ । त्यो कर्जा अहिलेसम्म पनि तिर्न बाँकी छ भनेको छ । प्रधानमन्त्रीले रवि लामिछाने निर्दोष छन् ।

कुनै प्रमाण छैन । प्रहरीसँग मैले कुरा गरिसकेँ भन्नुहुन्छ । त्यसैले यो मुद्दा अलि पेचिलो बन्दै जान्छ , उनी भन्छन् ।

यस्तै प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले सहकारीको रकम अपलन गरेको पुष्टि हुँदा प्रतिवाद नबनाइनु मजाकको हद भएको उनको भनाइ छ ।

‘प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले यो–यो ग¥यो भनेर सबै लेखेको छ । तर, प्रतिवादी बनाइएको छैन ।

त्यस्तो पनि हुन्छ । त्यही प्रहरी भन्दै छ— को रवि लामिछाने हो थाहा भएन ? यो भन्दा मजाक केही हुनसक्छ ,’ लेखक भन्छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा गृहमन्त्री लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार