यसरी मनाईयो सातौ शुक्लाफाटा पर्यटन महोत्सवको दोस्रो दिन

प्रकाशित:

महेन्द्रनगर । शुक्लाफाटा पर्यटन महोत्सवको आज दोस्रो दिन कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीमा सरोकारवाला निकाय,जनप्रतिनिधि,सुरक्षाकर्मी,लगाएतको टोलीले सरसफाई गरेका छन् ।

बाह्य पर्यटकहरुलाई नेपाल भित्रयाउन सकिन्छ भन्ने उदेश्यले गड्डाचौकी सिमानाका हुदै नेपाल भित्रिने पर्यटकहरुलाई सम्मान गर्दै सरसफाई लगाएतका कार्यक्रमलाई निरन्तरता दिएको भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले बताएका छन् । शुक्लाफाटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्धधका लागि सातौ शुक्लाफाटा पर्यटन महोत्सवको सुरु भएको छ । भीमदत्त नगर पर्यटन समितिले तिन दिने महोत्सवको आयोजना गरेको छ ।

 

 

 

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार