मेरो त बिहे भैसकेको हो!

प्रकाशित:

महेन्द्रनगर । फुलकुमारी र म चार पाच बर्ष देखि नजिक भएका थियौँ , सानो सानो कुरा पनि हामी एक अर्कालाइ भन्ने गर्थ्यौं फुलकुमारी हिर्दयमानको कान्छी छोरी हुन् सानैमा आमाले छोडेपछी हिर्दयमानले दोस्रो बिबाह गर्नुभएको थियो१ आमाको यादमा फुलकुमारी निकै छट्पटाइ रहन्थी बुबा रोजिरोटीको लागि भारतमा काम गर्ने जेठी दिदि आफ्नै घरमा”दाइभाइ कोहि थिएनन् १ सौतेनी आमा र फुलकुमारी मात्रै घरमा हुन्थे सौतेनी आमाले फुलकुमारीलाई धेरै’नै दुस्ख दिने , आफू काम नगर्ने घरायसी सबै काम गराउने र विभिन्न बचन सुनाउने ,घुर्की लाउने र निकै सताउने
गर्नु हुन्थ्यो ,

फुलकुमारीले सबै कुरा मलाई भेटेर काखैमा टाउको राखी रुँदै रुँदै भन्नुहुन्थ्यो , मैले फुलकुमारिलाइ बिबाह गरेर सुख दिने र सौतेनी आमाले दिएको दुस्खबाट छुट्करा दिलाउछु भनेर बाचा गरि सकेको थिए ! आफ्नो पनि सानैमा बुवा बितेको हुँदा घरको सबै जिम्मेवारी मेरै काँधमा हुन्थ्यो घर खर्च जुटाउने आफु पढ्ने लेख्ने स्कुलको फिस , रासन पानी लत्ताकपडा सबैको जुक्ती मैले’नै लाउन पर्थ्यो “बुढी आमा बुबा बितेपछी आफैं कमजोर भैहाल्नु भयो , पछि पछि आमापनी झन बुढी हुनुहुन्छ एक्लै बस्न खाना बनाउन सक्नु हुनेहैन अहिले आफै त गर्न सक्नुहुन्छ , भन्ने हिसाबले म पनि फुत्त घरबाट निस्के र बिदेशतिर लागे र फुलकुमारीलाई पनि म धेरै कमाएर आउँछु , पर्खी बस ल भनेर गए,

एउटा कम्पनीमा काम गरिराखेको थिए एकदिन , त्यही कम्पनीमा दुई जना साथी साथी बिच भनाभन भयो र एकजना साथिलाइ चक्कु प्रहार गरेपछी उ पनि घाइते भयो , त्यही घटनामा मुछिएर मैलेपनि केहिदिन जेलमा बस्नु पर्यो र जेलमा बसेको कुरा गाउँमा पनि थाहा भैसकेको रहेछ , र फुलकुमारिलाइ उसलाई त अब फाँसी हुन्छ तिम्रो उमेर बढी सक्यो कति पर्खेर बस्छ्यौ भनेर घर परिवार र सौतेनी आमाको निकै दबाब बढ्न थाल्यो , मत जेलबाट निस्केर फेरि काममा लागिसकेको थिए तर त्यो समयमा त्यस्तो मोबाइल फौन स्रोत साधन कम हुन्थ्यो कोहि बिदेशबाटै घर आए खबर दिनुपर्ने हुँदा गाउँमा म जेलबाट निस्केर काम लागि सकेको कुरा पुगेको थिएन् , बिदेश गएको चार बर्शपछि अब मैलेपनी बिबाह गर्छु फुलकुमारी पनि पर्केर बसेकी होला भन्दै केही गरगहना लिएर घर फर्के !

घर पुगेपछि ओल्लोपल्लो परिवारका सबै जना भन्न थाले छोरा बाबु तिमी आयौ तिमिलाइ अब फाँसी हुन्छ जेलमा छ भनेर खबर पुगेको थियो के भएको बाबुरु भन्न थाले रुन थाले छोरा फर्केर आएको देख्दा मेरो आमाले पनि अंगालो मार्दै भक्कानो छोडेर रुनथाले, निकै खुसी पनि हुनुभयो ! र म फुलकुमारीलाई घर भित्र्याउन पर्यो भेट्न पर्यो भनेर पारीगाउँ उस्को घरमा गए तर त्यो घरमा त कोहि देखीन एकजना त्यही गाउँको बुढी आमाले मलाइ सबै भन्नुभयो फुलकुमारीको सौतेनी आमा त पौइल भागी गएकी रहेछन् बुवाको भारत’मै गाडी दुर्घटनामा मृत्यु भएको रहेछ , र फुलकुमारिको पनि त्यही पल्लो गाउको केटासंग बिहे भैसकेको रहेछ!

आफुलाइ समाहाल्न’नै गार्हो र निकै पिर पर्यो दिक्क लागेर भोलिपल्ट बजार गए , बजारमा एउटा पसलमा फुलकुमारीलाई बच्चाहरुको सानोसानो लुगा समातेको देखे , मलाइ त्यहाँ जाँउ की नजाँउ भयो तर मनले मानेन जे भयो भयो एकछिन त बोलेर आउँछु भनेर पसलमा गए, फुलकुमारीले समातेको बच्चाको लुगा मलाइ देख्नासाथ फुलकुमारिको हातबाट भुइमा खस्यो आँखाभरी आँसु बनाउँदै म तिर हेरिरही तर केही बोलिन मैले आफैले भने फुलकुमारी बच्चाको लुगा कस्को लागि हो?

फुलकुमारी हजुर छोराको लागि हो भन्नुभयो अनि किन रोएको तरु म तिम्रो सौतेनी आमाको घर गएको तिमिलाइ भेट्न कोहि देखेन त्यहीं पल्लो घरको आमाले सबै कुरा मलाइ भनिसकेको हो , ठिकैछ जे भयो भयो तिमी खुसी हुनु राम्रो सँग बस्नु म त्यसैमा खुसी हुनेछु भने र फुलकुमारिले पनि हो हजुर , तपाइलाइ बिदेशमा त्यस्तो भएको खबर पुगेपछि म दिनरात रोएर बस्थे र घर परिवार त को थिए तरपनी काकाकाकिले थाहा पाएपछी मेरो अरुसँगै बिबाह गरिदिनु भयो अहिले सानो छोरा छ हजुर आँसु पुछ्दै भन्नुभयो मेरो त बिहे भैसकेको हो । पारस भट्ट “प्यासी “ सुदुरपश्चिम बैतडी

 

ताजा समाचार

सम्बन्धित समाचार