Sunday, April 28, 2024

काभ्रेमा स्वास्नीको कुटपिटबाट लोग्नेको मृत्यु

प्रकाशित:

काठमाडौं ।  काभ्रेमा कुटपिट गरी लोग्नेको हत्‍या गरेको आरोपमा प्रहरीले स्वास्नीलाई पक्राउ गरेको छ।शनिबार बिहान साढे ९ बजे नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा स्वास्नीको कुटपिटबाट लोग्नेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

५९ वर्षीय धनबिर दमाईमाथि ४० वर्षीयास्वास्नी कमला परियारले निगालोको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।मादक पदार्थ सेवन गरी कमलाले धनबिरमाथि लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो।

उक्त खबरपछि कानपुर प्रहरी चौकीबाट टोली खटिएर घटनास्थललाई सुरक्षित राखिएको छ। प्रहरीले कमलालाई नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार