झापामा सशस्त्र र स्थानीयबीच झडप, सशस्त्रको खुकुरी प्रहारबाट ६ जना घाइते

प्रकाशित:

महेन्द्रनगर । झापाको मेचीनगरमा सशस्त्र प्रहरी र सामान ओेसारपसार गर्ने स्थानीयबीच शुक्रबार साँझ झडप भएको छ। झडपको क्रममा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट केही स्थानीय घाइते भएका छन्। घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ।

नेपाल(भारत सीमा पिलर ९०र२(९०र३ नजिकै रहेको मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा तस्करीको सामान बरामद गर्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो। सोही क्रममा घटनास्थल पुगेका प्रस्तावित सिमा सुरक्षा गुल्म, काँकडभिट्टाका कोट मास्टर र चालकले खुकुरी निकालेर एक्कासी प्रहार गरेको स्थानीयले आरोप लगाएका छन्। खुकुरी प्रहारबाट दीपा बातरको हातको औंला काटिएको छ। हरि बातरको छातीमा गहिरो चोट लागेको छ।

विषेश राजबंशी र मिलन चापागाईंको हात काटिएको छ। दीपक बातर र आनह यादवको शरिरमा चोट लागेको छ। भारतबाट सामान ल्याउनेलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको र त्यसक्रममा स्थानीय र सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए।

घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए। हालः पाँच जना स्थानीय र एकजना सशस्त्र घाइते भएको जानकारी आए पनि अन्य पनि घाइते भएको हुनसक्ने भएकाले सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीले बताए। अन्नपुर्ण पोष्टबाट साभार

ताजा समाचार

सम्बन्धित समाचार