कञ्चनपुरबाट लागूऔषधसहित दुईजना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट लागूऔषधसहित धनगढीका दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३८ वर्षीय जियालाल राना र २५ वर्षीय राम बहादुर राना रहेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ रामजानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ४ सय २० मिलिग्रामसहित दुबै जनालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गेरको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार