Saturday, July 27, 2024

भीमदत्तमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक,

प्रकाशित:

महेन्द्रनगर । भिमदत्त नगरपालिका स्तरिय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक नगरपालिकामा आईतबार सम्पन्न भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्तनगर पालिकाका उप–प्रमुख तथा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका संयोजक निलम लेखक जोशीको अध्यक्षतामा भएको बैठकमा आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले भिमदत्त नगरपालिकामा आफन्त नेपालले गरिरहेका कार्यक्रमहरु, लक्षित समुदायलाई प्रदान गरेको सीपमुलक र क्षमता अभिबृद्धि तालिम तथा जिविकोपार्जन सहयोग बारे जानकारी दिदै कञ्चनपुर जिल्लामा मानव बेचबिखन तथा ओसार पसार र बालश्रम शोषणको अवस्था, चुनौती र समाधानकालागि सरोकारवालाहरुको भुमिका बारे प्रस्तुती गरेका थिए ।

बैठकमा ‘भिमदत्त नगरपालिकाका उप–प्रमुख मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका संयोजक निलम लेखक जोशीले ‘मानव बेचबिखन र बालश्रम शोषण रोकथामका लागि भीमदत्त नगरपालिका प्रतिवद्ध रहेको उल्लेख गर्दै भनिन्, ‘पालिकामा मानव बेचबिखन, ओसारपसार र बाल श्रमशोषण बिरुद्ध कार्यरत संस्थाहरुसंगको समन्वय र सहकार्यमा हामी मानव बेचबिखन र बालश्रम शोषण नियन्त्रण गर्ने कार्यमा प्रतिवद्ध छौ ।

उनले आफन्त नेपालले बालश्रमबाट उद्धार गरिएका बालिका, युवा र किशोरीहरुलाई सीपमुलक तालिम दिनु सकारात्मक रहेको बताउदै सीपमुलक तालिम लिएका बहीनीहरुले पनि सीकेको सीपलाई प्रयोग गरी स्वरोजगार हुनु पर्ने कुरामा जोड दिइन् । आफन्त नेपाल संस्थाले भिमदत्त नगरपालिकासंग समन्वय र सहकार्यद्धारा नै कार्यक्रम गरिरहेकोमा संस्थाको प्रसंसा गर्नि ।

‘सिमानाकामा मात्रै निगरानी, सोधपुछ र उद्धार गरेर पुर्ण रुपमा मानव बेचबिखन र ओसारपसार नियन्त्रण गर्न सकिदैन’ उनले भनिन्, ‘संघसंस्थाहरुले बेचबिखन र बालश्रमको जोखिम भएका बस्ती र समुदाय स्तरमा नै मानव बेचबिखन र बालश्रमशोषण बिरुद्ध जनचेतना अभिबृद्धिका कार्यक्रम गर्नुपर्ने तर्फ जोड दिनु आवश्यक छ ।’

कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रवक्ता तथा वडा नं। ५ का वडा अध्यक्ष पदम राज अवस्थीले मानव बेचबिखन र बालश्रम शोषण रोकथामकालागि आफन्त नेपालले प्रसंशा योग्य काम गरिरहेको भएपनि सवै लक्षित समुदाय सम्म पुग्नुपर्ने कुरामा जोड दिए ।

‘महेन्द्रनगर बजार संग जोडिएको वडा हो, सहरोन्मुख वडा हो, यहाँ बिभिन्न क्षेत्रमा बालश्रमिकहरु रहेका हुन सक्दछन् सबै स्थानमा संस्थाले निगरानी बढाई बालश्रमबाट बालबालिकालाई उद्धार गर्नु आवश्यक छ, त्यसकालागि वडा कार्यालय सहयोग गर्न तयार छ’ उनले भने ।

कार्यक्रममा भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापाले बिभिन्न संस्थाले वडाहरुमा आफुखुसी काम गरिरहेको बताउदै, वडा कार्यालय संग समन्वय र सहकार्य गरेर कार्यक्रम गर्नु पर्ने कुरामा जोड दिए ।

‘संस्थाले काम गरिरहेको हुन्छ, तर वडालाई जानकारी भएन भने, वडाले त्यसको अपनत्व स्वीकार नगर्ने र कार्यक्रमको महत्व पनि हुँदैन’ उनले भने, ‘वडा कार्यालय संग समन्वय गर्नुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा बिभिन्न सरकारी कार्यालय र गैरसरकारी संघसंस्थाका पदाधिकारी सहभागी भएका छन् ।

क्ष्कग

ताजा समाचार

सम्बन्धित समाचार