उल्टाखामको सरस्वती माविले मनायो ५१ औं वार्षिकोत्सव

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम (महुलिया) स्थित सरस्वती माद्यमिक विद्यालयले ५१ औं वार्षिकोत्सव तथा अभिवावक दिवस सम्पन्न गरेको छ ।

शनिवार नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको प्रमुख आतिथ्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमराज भट्टको सभापतित्वमा सरस्वती माद्यमिक विद्यालयले ५१ औं वाषर््िाकोत्सव तथा अभिवावक दिवस २०८० सम्पन्न गरेको हो ।

वि.स. २०२९ सालमा स्थापना भएको सरस्वती माविले हालसम्म हजारौं विद्यार्थी उत्पादन गरेको छ । पछिल्लो समयमा सरस्वती माविले कक्षा १ देखि ३ सम्म र ६ र ७ मा अंग्रेजी माध्यममा पढाई सुरु गरेको छ ।

शिक्षालाई रोजगारी संग जोड्नु जरुरी भएको बताउदै प्रमुख सचेतक लेखकले सरस्वती माविमा पनि प्राविधिक ज्ञानसीपका कक्षा सञ्चालनमा अग्रसर हुन र आफ्नो पनि पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विद्यालयको स्तरोन्ती भएको प्रति खुशी भएको व्यक्ति गर्दै नेता लेखकले अघिल्ला दिनमा थप उन्नती प्रगतीका लागि आफ्नो तर्फबाट सक्दो सहयोग एवं पहल गर्ने बताए ।

सरस्वती माविको ५१ औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अवसरमा प्रमुख अतिथी लेखक संगै विशिष्ठ अतिथीमा सुदूरपश्चिम प्रदेश सांसद प्रकाश रावल, जिसस प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगर उप प्रमुख निलम लेखक जोश्ी, भीमदत्त–२ का वडाध्यक्ष उत्तम प्रसाद भट्ट लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार