दोधारा चाँदनीमा एकल महिलाहरुलाई उपचार तथा आर्थिकपार्जनमा सहजताको लागी सहयोग

प्रकाशित:

दोधारा । दोधारा चाँदनीमा एकल महिलाहरुलाई आर्थिकपार्जनको निम्ती आर्थिक सहयोग गरिएको छ् । द्धन्द्धपिडित तथा एकल महिला बिकास केन्द्र कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका– ५ निवासी पार्वती देवी कटेल र दोधारा चाँदनी नगरपालिका– ३ निवासी जशुदेबी बिष्टलाई आर्थिकपार्जनमा सहयोग होस भन्ने उद्धेश्यले आर्थिक सहयोग गरिएको द्धन्द्धपिडित तथा एकल महिला बिकास केन्द्र कञ्चनपुरका अध्यक्ष सिता बोहराले जनाएका छन् ।

दुर्व जना एकल महिलाहरु हुन् । पार्वती देवी कटेलले दोधारा चाँदनी नगरपालिका कार्यालय नजिक नास्ता पसल संचालन गर्दै आएका छन् । उनि सानवी नास्ता पसलका संचालन हुन् । श्रीमान नरहेको अवस्थामा कठोर मेहनत पश्चात पार्वतीले अहिले आएर राम्रै आम्दानी गर्दै आएका छन् । पार्वतीको जिवनको संघर्षको अवस्थालाई मध्यनजर राख्दै उनलाई थप हौसला प्रदानको निम्ती थोरै भएपनि सहयोग गरिएको द्धन्द्धपिडित तथा एकल महिला बिकास केन्द्र कञ्चनपुरका अध्यक्ष सिता बोहराले बताएका छन् ।

उनलाई रु। २० हजार नगद रकम आर्थिक सहयोग गरिएको अध्यक्ष सिता बोहराले बताए । यस्तै संस्थाले दोधारा चाँदनी नगरपालिका– ३ निवासी एकल महिला तथा क्यान्सर पिडित जशु देबी बिष्टलाई रु। ५ हजार नगद सहयोग गरिएको छ् । जशु देवी बिष्टको आर्थिक अवस्था निकै दैनिय रहेको क्यान्सर पिडित समेत रहेको हुदा उपचार खर्चको लागी सहयोग गरिएको द्धन्द्धपिडित तथा एकल महिला बिकास केन्द्र कञ्चनपुरले जनाएको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार