बेलडाँडीमा ६ हजार भन्दा बढी बालबालिकालाई दादुरा रुबेला खोप लगाईने

प्रकाशित:

महेन्द्रनगर ।  कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ६ हजार ८ सय ५९ जना बालबालिकाहरूलाई दादुरा रुबेला विरुद्धको खोप लगाईने भएको छ ।।वेलडाँडी गाउँपालिकाका ५ वटा वडाका रहेका ६ हजार ८ सय ५९ जना बालबालिकाहरूलाई दादुरा रुबेला विरुद्धको खोप लगाईने भएको हो ।

बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाले शुक्रबार गाउँपालिकाको सभा हलमा आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा संयोजक माधवानन्द भट्टले अभियान सम्बन्धी जानकारी गराएका हुन ।

बेलडाँडी गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, पत्रकार लगायत सरोकारवाला पक्षलाई बोलाई अभियान सम्बन्धी जानकारी गराइएको थियो । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिम रुकुम बाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।

कञ्चनपुरका पालिकाहरूमा फागुन १३ देखि २३ गतेसम्म अभियान सञ्चालन गरिने भएको हो । भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर, ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र बाँकी ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई मात्रै खोप लगाइने छ ।गाउपालिकाले दादुरा रुबेला विरुद्धको खोप लगाउन ३१ वटा खोप केन्द्र तोकेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार