Tuesday, July 23, 2024

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्रकाशित:

सिन्धुपाल्चोकको बाह्रबिसेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नागपुजेबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा१२च ४९९१ नं को जिप नागपुजे सडकबाट झण्डै ७० मिटर तल अँधेरी खोलामा खसेको थियो ।

दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–७ की दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख देवेन्द्र जोशीले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा जिप चालक विक्रम थापासहित बाह्रबिसे–७ का गोपाल थापा, खड्गकुमारी श्रेष्ठ र पुष्कर थापा घाइते भएका छन् । घाइतेको यहाँका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपाल टेलिभिजनबाट

ताजा समाचार

सम्बन्धित समाचार