सुदूरपश्चिमको सामाजिक मन्त्रालयद्वारा १४८ जना स्वयंसेवक माग

प्रकाशित:

अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामाजिक अभियान्ता सहित १४८ जना स्वयंसेवक माग गरेको छ । स्वयसेवक परिचालन कार्यविधि अनुसार प्रदेशका ९ वटै जिल्लाका लागि मन्त्रालयले स्वयसेवक कर्मचारी माग गरेको हो ।

जसमा सामाजिक विकास अभियन्ता १८, हेल्थ असिस्टेन्ट ९, स्टापनर्स २२, कृषि, भेटनरी प्राविधिक १८, स्वयसेवक शिक्षक ७२ र खेलकुद प्रशिक्षक ९ जना माग गरिएको छ । इच्छुकले मन्त्रालयको वेभसाइटबाट फारम डाउनलोड गरी आवेदन दिन सक्ने जनाइएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार