महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा वृहत सरसफाई कार्यक्रम गरिएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी शसस्त्र प्रहरी, विभिन्न गैर सरकारी संस्थाहरु लगायतको सहकार्यमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । आईतवार ७४ औँ प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा व्रह्मदेव लिङक रोडदेखी बसपार्कमा रहेको भानु चोकसम्म सरसफाई गरिएको थियो ।
जिल्ला समन्वय समिति अध्यक्ष दुर्गा दत्त बोहराले स्थानिय स्तरमा नागरिक चेतना जगाउनका लागी आज सरसफाई अभियान गरिएको बताए । सरसफाई गर्ने यो सरकारको मात्रै जिम्मेवारी नभएको भउर यस्मा सबै स्थानियहरुले पनि लाग्नु पर्ने बताए । अहिले मात्र नभएर पालिकामा रहेका विभिन्न खोला नालाहरुमा स्थानियहरुले बढी फोहरहरु फयाक्ने गरेको पाईएका हुनाले पालिका र समन्वयले अब उपरान्त कडा रुपमा प्रस्तुत भएर काम गर्ने बताए । यो सबैको नैतिक जिम्मेवारी भएकाले नगरवासी सम्पुर्णको पनि सरसफाई गर्ने जिम्मेवारी भएको बताए ।
अहिले सडकमा प्लाष्टिक जन्य बढी फोहरहरु रहेको बताउँदै सबैले आफनो भित्रदेखी फोहर गर्नु हुँदैन भन्ने मानसिकताको विकास गर्नुपर्ने बताए । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले भीमदत्त नगरपालिकाले सडकमा नालामा फोहर फाल्ने स्थानिय व्यापारीहरु सबैलाई निगरानीमा राखेर कडा भन्दा कडा कारवाही गरिने बताईन् । जनस्वास्थ्यसंग प्रत्यक्ष जोडियो यो विषयलाई लागु गर्नका लागी सबैले आआफनो क्षेत्रबाट समुदायमा फोहर गर्नु हुँदैन सरसफाई गरौ भनेर आफनो दायित्व वोध गर्न आग्रह गरिन् ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले चेतनाको विकास गर्न र आफनो वरपर मात्रै पनि सरसफाई गरियो भनेपनि सरसफाई देखिने फोहर हराउँदै जाने बताए । साथै सन्देश दिनका लागी यो कार्यक्रम गरिएको भएर पालिकाले पनि कडाई का साथमा राम्रो गर्नेलाई पुरस्कार दिने र नराम्रो गर्ने फोहरमैला गर्ने लाई दण्ड सजायको व्यवस्था पनि हुनुपर्ने बताए । भीमदत्त नगर प्रवक्ता पदमराज अवश्थीले आज जनचेतना दिनका लागी आयोजना गरिएको यो कार्यक्रमले फोहर फाल्नु हुँदैन, अब पालिकाले पनि कडा रुपमा प्रस्तुत हुने समय आएको बताए ।
पर्यटन व्यवसायी परमानन्द भण्डारीले सडकको छेउछाउमा बसेका व्यवसायीहरुले पनि आफनो दायित्व नभुलेर फोहरलाई जथाभावी नफाली आफनो वरपर मात्रै पनि सरसफाई गरियो भने फोहर पनि नहुने बताए । सरसफाई अभियन्ता विरेन्द्र प्रशाद तिरुवाले सरसफाई अभियानलाई विषेश दिन मात्रै नभएर हरेक दिन संचालन गरिनु पर्ने बताए । एकदिन मात्रै सरसफाई अभियान गरेर नपुग्ने हरेक दिन संचालन गर्ने हो भने, अनि मात्र केही क्षेत्र र समुदायमा सन्देश पुग्ने बताए ।