वेदकोट ७ सुडामा रहेको ज्ञान वाटिका बोर्डिङ्गको २७ औ वार्षिकोत्सब सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको श्री ज्ञान वाटिका बोर्डिङ्ग स्कुलले आफनो २७ औ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह भव्यताको साथ सम्पन्न गरेको छ । वेदकोट नगरपालिका ७ सुडामा रहेको वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको प्रमुख अतिथी र वेदकोट नगरपालिकाका उप–प्रमुख तुलसी जोशीको विशिष्ट अतिथी रहेको थियो ।

कार्यक्रममा आफनो मन्तव्य राख्दै वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले शिक्षा भनेको अन्धकारलाई नष्ट गर्ने चिज भएको हुँदा सबै विद्यार्थीहरुले आफनो लक्ष्य अनुरुप अध्ययनमा एकाग्रता गरेर आफनो लक्ष्य भेट्टाउन तर्फ उन्मुख हुनु पर्ने बताउनु भयो । शिक्षाको सर्टिफिकेट भन्दा पनि ज्ञान, नैतिकवान, र अनुसासित भएर आफनो समाजमा सकारात्मक परिवर्तन गर्ने व्यक्ती नै महान हुने भएकाले विद्यालय स्तरबाट नै आफुले अनुसासनको पाठ सिकेर आफनो जिवनमा लागु गर्नुपर्ने बताउनु भयो ।

ज्ञानले नै विचारको सिर्जना गर्ने भएर अध्ययनलाई ज्ञानमा परिवर्तन गरी आफनो भविश्य, राष्टको समग्र विकास गर्ने क्षमताको विकास पनि गर्ने भएकाले ज्ञान संगै व्यक्ती विकास पनि आवस्यक रहेको बताउनु भयो । साथै विद्यालय पविार अभिभावक र विद्यार्थी विचको सुमधुर सम्बन्ध कायम हुन सक्यो भने मात्रै गुणस्तरिय शिक्षाको परिकल्पना गर्न सकिने भएकाले यी तिनै चिजलाई मिलाएर अगाढी बढन सके मात्रै सबेको विकास सम्भव रहेको औँल्याउनु भयो ।

प्रमुख अतिथी एवम जिल्ला समन्वय समिति अध्यक्ष दुर्गा दत्त बोहराले अहिले को परिवेशमा शिक्षाले नयाँपन प्रत्येक दिन प्रविधीको विकासले पनि अध्ययन गर्न सहज भएको बताउनु भयो । किताबी ज्ञानले मात्रै नपुग्ने भएकाले बाहिरी ज्ञान नयाँ प्रविधिको पनि जानकारी आवस्यक रहेको भएर शिक्षकहरुले पनि आफुलाई अपडेट अथवा अद्यावद्यिक गनृ जरुरी रहेको बताउनु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार