बैजनाथ माविको ५८ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न, नमूना विद्यालय बनाउनेमा जोड

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बैजनाथ माद्यमिक विद्यालयले ५८ औं वार्षिकोत्सव मनाएको छ । महेन्द्रनगर बजार स्थित रहेको बैजनाथ माविले शनिवार भव्य कार्यक्रम सहित ५८ औं वार्षिकोत्सव मनाएको हो ।

कञ्चनपुर क्षेत्र नं. ३ बाट निर्वाचित संघिय सांसद, पुर्व मन्त्री तथा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको प्रमुख आतिथ्यमा बैजनाथ माविले ७८ औं वार्षिकोत्सव मनाएको हो ।

बैजनाथ माविमा एक हजार दुई सय ५० जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । जसमध्ये ३५० जना विद्यार्थी प्राविधिक धार तर्फ अध्ययनरत छन् । विद्यालयमा सरकारी तथा निजी स्रोतका शिक्षक कर्मचारीको संख्या ५८ जना रहेको छ ।

बैजनाथ माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव समारोहका प्रमुख अतिथि लेखकले अचेल नेताहरुले अचेल गाली मात्रै पाउने भएकाले तारिफ पाउने नेता बन्न सुझाएका हुन् ।

‘यो विद्यालयमा पढेका विद्यार्थी इन्जिनियर, डाक्टर, खेलाडी, आर्मी पुलिस भएका छन्, तपाईहरु नि देशका लागि योग्य नागरिक बन्नु पर्छ’ उनले भने,‘तपाईहरुमध्येबाट नेता पनि बन्ने हो, तर अचेल नेता भनेपछि गाली मात्रै खाने हुन्छ, तपाईहरु तारिफ पाउने नेता बन्नु होला ।’

आफुलाई जन्मदिने आमा पछि बैजनाथ मावि पनि दोस्रो आमा भएको नेतालेखकले बताए ।

May be an image of one or more people

बैजनाथ माद्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ५८ औं वार्षिकोत्सवका सभापति अच्यूत राज कलौनीले विद्यालयको व्यवस्थापन तथा गुणस्तर वृद्धिका लागि आफु अहोरात्र खटिएको बताएका छन् ।

अध्यक्ष कलौनीले बैजनाथ माविलाई छिट्टै नमूना विद्यालय स्थापित गर्ने र त्यसमा सम्पुर्ण अभिवावक, राजनीतिज्ञ, समाजसेवी एवं बुद्धिजीवीको सहयोग रहेको बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्यतराज कलौनीको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल, हिरासिह सार्की, राष्ट्रिय सभाका पूर्व सदस्य तारादेबी भट्ट, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी लगायतका सहभागी भएका छन् ।

May be an image of 1 person, speaker, crowd and text

कञ्चनपुरको महेन्द्रनगर बजार स्थित बैजनाथ मावि संग ५७ वर्षको इतिहास छ । बैजनाथ मावि सम्भवतः सुदूरपश्चिममै सर्वाधिक विद्यार्थी उत्पादन गर्ने सामुदायिक विद्यालय हो ।

२० देखि ८० को दशक सम्म पुग्दैगर्दा बैजनाथ माविले थुप्रै उत्पादनहरुः डाक्टर, पाइलट, इन्जिनियर, शिक्षक, निजामती कर्मचारी, उद्योगी, व्यवसायी लगायत हरेक पेशा क्षेत्रको नेतृत्व तथा प्रतिनिधित्वका लागि गर्भिलो इतिहास कायम गरेको छ ।

May be an image of 3 people, dais, temple and text

अध्यक्ष फेरिए संगै फेरियो विद्यालयको स्वरुपः

बैजनाथ मावि महेन्द्रनगरले गत जेठ १२ मा बौद्धिक तथा उर्जाशिल युवा नेतृत्व पाएको छ । नेपाली कांग्रेसका युवा नेता अच्युतराज कलौनीको अध्यक्षतामा विद्यालयले ९ सदस्यीय व्यवस्थापन समिति पाएको छ ।

विव्यस अध्यक्ष कलौनीले झण्डै वर्ष दिनको अवधीमा विद्यालयको शैक्षिक तथा भौतिक अवस्थामा निकै ठुलो परिवर्तन ल्याएका छन् ।

लामो ऐतिहासिक पृष्ठ भएको बैजनाथ मावि महेन्द्रनगरमा प्रयाप्त जमिन, खेल मैदान तथा भौतिक संरचना भएता पनि पछिल्लो केहि वर्ष यता उत्कर्षमा पुग्न सकेको थिएन् ।

पछिल्लो २/४ वर्ष यता विद्यालयले पहिलेको गति सम्हाल्न सकेको थिएन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुप मा जब नेता कलौनीले जिम्मेवारी सम्हाले, तब देखि विद्यालय, विद्यार्थी, शिक्षक र अभिवावकले केहि परिवर्तनको आभास गर्न थालेका छन् ।

May be an image of 7 people, temple and text

ताजा समाचार

सम्बन्धित समाचार