दोधारा चाँदनीका क्यान्सर पिडित कैलाशलाई ४० हजार उपचार रकम हस्तान्तरण

प्रकाशित:

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनीका क्यान्सर पिडित कैलाश भट्टलाई उपचार रकम हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– १ चक्की बजार निवासी वर्ष अन्ताजी २७ का कैलाश भट्टलाई उनकै घरमा पुगेर उपचारको लागी ४० हजार ३ सय रकम हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जनाएका छन् ।

बिगत दुई वर्ष देखि कैलाश क्यान्सरबाट पिडित रहेका छन् । उनको पेटको आन्द्रामा क्यान्सर देखिएपछि भारतको बिभिन्न अस्पतालमा उपचार गर्दै आएका हुन् । आर्थिक अवस्था निकै दैनिय रहदै आएका कैलाशको भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको घरपरिवारले बताएका छन् ।

वडाध्यक्ष केशव खत्रीको संयोजकत्वमा कैलाश बचाउ अभियानमा संकलन गरिएको रकम घरपरिवारलाई हस्तान्तरण गरिएको हो । कैलाशको उपचारमा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले ५ हजार १ सय, राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी– १ का वडाध्यक्ष अशोक सिंहले ५ हजार १ सय, भिमदत्त नगरपालिका– १३ का वडाध्यक्ष रामचन्द्र बोहराले २ हजार १ सय, स्थानिय शिवदत्त भट्टले  १६ हजार, गणेश सिंह धामीले २ हजार र कृष्ण नन्द भट्टले रु। १० हजार गरि जम्मा ४० हजार ३ सय नगद रकम हस्तान्तरण गरिएको कैलाशका वुवा नवराज भट्टले बताएका छन् ।

सबै सहयोगी मनहरुलाई नवराज भट्टले ह्दय देखि धन्यबाद दिएका छन् । ‘उपचारमा सहयोग गर्ने सबै दाताहरुलाई ह्दय देखि धन्यबाद छ्’ नवराज भट्टले भने । उपचार गर्न रकम नभएर समस्या झल्दै आएको अवस्थामा उपचार रकम सहयोग पाएकोमा खुशी ब्यक्त गर्दै आफ्नो छोरा कैलाशलाई बचाउन सहयोग गर्न सबैलाई अपिल गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले क्यान्सर पिडित कैलाशको आर्थिक अवस्था निकै दैनिय रहेको कारण उपचार गर्न घरपरिवारलाई निकै सकस भएको हुदा सबैले थोरै भएपनि सहयोग गरिदिन आग्रह गरेका छन् । पिडामा रहेको बेला आफुले सबैलाई सहयोग गर्दै आएको बताउदै वडाध्यक्ष खत्रीले कयान्सर पिडित कैलाशको सिघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार