उत्खनन् भइरहेका कृष्णपुरका विभिन्न क्षेत्रमा अनुगमन

प्रकाशित:

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा नेतृत्वको टोलिले नदिजन्य पदार्थ उत्खनन भइरहेका कृष्णपुर नगरपालिकाका बिभिन्न क्षेत्रमा अनुगमन गरेको छ । बुधबार समन्वय प्रमुख बोहरा नेतृत्वको टोलिले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट मोहना नदि र वडा नम्बर २ मछेली खोलाको अनुगमन गरेको हो ।

मापदण्ड बिपरित नदिजन्य पदार्थ उत्खनन तथा संकलन भैरहेको स्थानियको गुनासो पछि जिल्ला समन्वय प्रमुख बोहराको नेतृत्वको टोलि स्थलगत अनुगमन गर्न कृष्णपुर नगरपालिकाको मोहना नदि र मछेली खोलाको अनुगमन गरेको छ । अनुगमनका क्रममा समुन्वय प्रमुख बोहराले नदिजन्य पदार्थ उत्खन्न एवं संकलन नदि किनारका वस्तिमा असर नपर्ने गरेर नदि किनारबाट मापदण्ड अनुसार उत्खन्न र संकलन गर्न सम्बन्धित पक्षलाई सुझाब दिएका छन् ।

नदिजन्य पदार्थ उत्खननका क्रममा सम्झौता अनुसार रेखाङ्कन नभएकाले नियमावलि अनुसार रेखाङ्कन गरी काम गर्न उनले आग्रह गरेका छन् । उनले भने– ‘नदि किनारका बस्तीलाई असर नपर्ने गरी, मापदण्ड अनुसार नै नदीजन्य पदार्थ संकलन एवम् उत्खनन् गर्न सम्बन्धित पक्षलाई सबैले खवरदारी गर्नुपर्छ ।’ कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट मोहना नदि पुल क्षेत्र नजिकै भईरहेको नदिजन्य बस्तुको संकलन तथा उत्खनन्का बिषयमा उत्तरपट्टि ५ सय मिटर र दक्षिण पट्टि १ किलोमिटर टाढा सम्म मापदण्ड अनुसार उत्खनन् र संकलन गर्न सम्बन्धित पक्षलाई जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले निर्देशन दिए ।

नदि जन्य पदार्थ उत्खन्न गर्दा नजिकैको बस्ति, भौतिकपुर्बाधार, बनजंगल लगायतको क्षेत्रलाई जोखिम नपर्ने गरी उत्खन्न गर्न ठेकेदार कम्पनि सगरमाथा कन्स्ट्रक्सनलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले निर्देशन दिएका छन् । यदि नियम अनुसार नदिजन्य पदार्थ उत्खनन तथा संकलन कार्य नगरीए कारबाही गरिने उनले बताए ।

काठमाण्डौंको सगरमाथा कन्स्ट्रक्सन कम्पनिलाई कृष्णपुर नगरपालिकाले भ्याट रकम सहित ४ करोड ४९ हजार ९ सय ९९ रुपैयाँमा मोहना नदि, मछेली खोला, बन्ड नदि र बनरा नदिमा १ लाख ६६ हजार ८ सय ३१ घनमिटर नदिजन्य पदार्थ उत्खन्न गर्न सम्झौता भएको नगरपालिकाका इन्जिनियर बिष्णु जोशीले जानकारी दिएका छन् । यही आर्थिक वर्ष २०८०÷०८१ का लागी माघ ५ गते ठेक्का प्रक्रिया सुरु गरेको र जेठ ३० गते सम्म्पन्न गर्नुपर्ने उनले बताए ।

कृष्णपुर नगरपालिकाले पालिका भित्रका ४ वटा नदि र खोला बाट प्राकृतिक श्रोत नदिजन्य पदार्थ ९ढुङ्गा, गिट्टी, बालुवा तथा ग्राभेल आदि०को विक्री शुल्क संकलन ९रोयल्टी० का लागी ठेक्का खोलेको इन्जिनियर जोशीले जानकारी दिएका छन् । संयुक्त स्थलगत अनुगमनमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, डिभिजन बन कार्यालय कञ्चनपुर डिभिजन प्रमुख भिम कँडेल, शसस्त्र प्रहरी बल नेपाल नं। ३५ गण शैलेश्वरी कञ्चनपुरका प्रमुख एसपि प्रेम रावल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपि तथा प्रबक्ता प्रकास डाँगि, कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख द्रोपती राना, वडा अध्यक्ष टेक पाण्डेय लगायतका सरोकारवाला निकायका ब्यक्तिहरुको सहभागिता रहेको थियो । स्थानियको गुनासो पछि कैलाली कञ्चनपुरको टोलि कञ्चनपुर कैलालीको सिमाक्षेत्र राजघाटमा संयुक्त अनुगमनका लागि पुगेको हो ।

 

ताजा समाचार

सम्बन्धित समाचार